Logo

खतरनाक डेंगु नियन्त्रणमा जम्मा ८९ लाख



काठमाडौं, भदौ २० । देशभर डेंगु खतरनाक बन्दै जाँदा देशभरका स्थानीय तहमा ८७ देखि ८९ लाख बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहमा विनियोजित गरिएको बजेटले यो रोग नियन्त्रण गर्न पर्याप्त छ छैन भन्ने विषय गम्भीर बनेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले रिपोर्टर्स क्लब नेपालमा भने– देशभरका स्थानीय तहमा न्यूनतम ८७ लाख र अधिकतम ८९ लाख बजेट छुट्याएको छ । हालसम्म ८५ वटा स्थानीय तहमा बजेट विनियोजन गरिएको जानकारी गराए ।

लामखुट्टे नियन्त्रणका लागि विदेशमा करोडौं डलर अनुसन्धानका लागि नै खर्च भइरहँदा नेपालमा लामखुट्टेबाट सर्ने सरुवा रोगका लागि विनियोजित बजेट पर्याप्त देखिदैन । चीनमा तीन वर्ष अध्ययन गरी लामखुट्टे नष्ट गर्न करोडौं डलर खर्च भएको थियो ।



प्रतिक्रिया दिनुहोस्