वडा अध्यक्ष सहित तीन जना उपर मुद्धा दायर


महोत्तरी, भदौ २० । घुस रकम एक लाख साठी हजार सहित मुकेश साहुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० भदौमा  रङ्गेहात नियन्त्रणमा लिएको छ ।

भँगाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मो.रफिक आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस रकम माग गरेको र घुसर असुल गराउने ऐ वडाका सदस्य कारी साहु तेली जमानी जिम्मा बसी उनको छोरा मुकेश साहलाई घुस लिन पठाउँदैछ भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट  खटिई गएको टोलीले मुकेश साहलाई सेवाग्राहीसँग एक लाख साठी हजार  घुस लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित वडा अध्यक्ष  आलम र वडा सदस्य साहलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा वडा सदस्य साहु र वडा अध्यक्ष  आलमले सेवाग्रहीसँग धर्मपुर सडक नाला तथा पी.सी.सी. ढलानको कार्य सम्पन्न पश्चात  एक लाख साठी हजार प्रत्यक्ष संलग्नतामा घुस लिने कार्य गरी भ्रष्टाचा गरेको स – प्रमाण पुष्टि हुन आएकोले उनीहरुलाई जनही बिगो  एक लाख साठी हजार कायम गरी भ्रष्टाचा बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी सहित मुद्धा दायर भएको अख्तियारले जनाएको छ ।

मुकेश साहले बाबु साहुले भने बमोजिम सेवाग्रहीसँग आफू समेतलाई लाभ लिने उद्देश्यबाट एक लाख साठी हजार घुस रकम लिएको प्रमाणित भएको हुँदा मुकेश साहलाई बिगो एक लाख साठी हजार कायम गरी भ्रष्टाचार गरेको बमोजिम सजाय हुन मागदाबी लिई  विशेष अदालत काठमाडौंमा मुद्धा  दायर गरिएको छ ।

Skip This

Omoda E5 Pro