Logo

डेंगु सार्ने लामखुट्टेले सय जनालाई टोक्दा दश जनालाई रोग लाग्न सक्ने



काठमाडौं, भदौ २० । डेंगु सार्ने लामखुट्टेले सय जनालाई टोक्दा दश जनालाई रोग लाग्न सक्ने अध्ययनहरुले देखाएको छ । डेंगुको सार्ने लाम्खुट्टेले डेंगु संक्रमितलाई टोकेर अन्य व्यक्तिलाई टोकेमा पनि यो रोग सर्नसक्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार डेंगु सार्ने लाम्खुट्टेले एक सय जनालाई टोकेमा दश जनालाई डेंगु संक्रमण हुनसक्छ । संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्ने जानकारी गराए । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्