Logo

डेंगु रोगीले अस्पताल भरिएपछि बेड थप्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव



काठमाडौं, भदौं २० । डेंगु रोगीले देशभरका अधिकांश अस्पतालहरु भरिएपछि स्वास्थ्य मन्त्रालयमा बेड थप्न प्रस्ताव गरिएको छ । रोगीको संख्या तीन हजारको हाराहारीमा पुगेपछि बेड थप्न प्रस्ताव गरिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको बताए । उनले भने– ‘हामीले बेड थप्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं ।’
हाल २५ हजार विरामीको उपचार भइरहेको उनले बताए । विरामीहरुमा अन्य संक्रमण भएको कारण सबै विरामी डेंगु संक्रमणबाट मृत्यु भएका होइनन भन्ने उनको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्