Logo

कति छ “बाहुबली” नायक प्रभासको सम्पत्ति ?



दक्षिण भारतीय फिल्म “बाहुबली”को सफलतासँगै चर्चामा आएका प्रमुख पात्र हुन् प्रभास । अहिले प्रभासको नयाँ फिल्म “साहो” प्रदर्शन भइरहेको छ । “बाहुबली”सँगै प्रभासको करिअर उचाइमा पुग्न सफल भएको हो ।

प्रभासको पूरा नाम सत्यनारायण प्रभास राजु उपलापति हो । उनी निर्माता सूर्य नारायण राजु उपलापतिका छोरा हुन् । सन् १९७९ मा जन्मिएका प्रभास पेशाले एक्टर भएपनि पढाइ इन्जिनियरिङमा गरेका थिए । उनले २२ वर्षको उमेरमा तेलूगु फिल्म “इश्वर”मा डेब्यु गरेको हुन् ।

उनी एउटा फिल्म खेलेबापत २१ देखि ३० करोड भारतीय रुपैयाँ लिन्छन् भने उनको वार्षिक आम्दानी ३.२ मिलियन डलर रहेको छ । उनको नेटवर्थ १९.१-२४.५ मिलियन डलर रहेको छ । उनले सन् २०१६ मा ७ करोड ट्याक्स तिरेका थिए ।

बाइक र कारको सौखिन प्रभाससँग ७ लाख भारतीय रुपैयाँको होन्डा सिभिआर ६०० आरआर बाइक, १.४४ करोड भारतीय रुपैयाँ पर्ने मर्सिटिज बेन्ज एस-क्लास, २.८२ करोड भारतीय रुपैयाँ पर्ने कस्टम रेन्ज रोभर, १.२४ करोड भारतीय रुपैयाँ पर्ने जागुएर एक्सजे-एल र ८ करोड भारतीय रुपैयाँ पर्ने रोयल्स रोयस फ्यान्टम कारहरु छन् ।

उनी आन्ध्र प्रदेशमा ६ हजार वर्गफिटमा फैलिएको जुभिन हिलको एक आलिसान घरमा सपरिवार बस्ने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्