Logo

ओली काठमाडौं ओर्लिएलगत्तै देउवाले दिए यस्तो चेतावनी



काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । सभापति देउवाले प्रजातन्त्रमा प्रतिबन्ध लगाउन वर्तमान सरकार लागिपरेको आरोप लगाए ।

प्रदेश ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारविरुद्ध कडा टिप्पणी गरेका हुन् । उनले भने-“हामी यही चिजका लागि २००७ सालबाट लड्दै आएका छौं। त्यसैले जनताको हक खोस्न दिँदैनौ।’

त्यस्तै, उनले प्रधानमन्त्री ओलीले आफूप्रति प्रतिवद्ध प्रहरी, प्रतिवद्ध सेना, प्रतिवद्ध प्रशासन बनाउन खोजेको पनि गम्भिर आरोप लगाए । उनले थपे,यस्तो प्रयासविरुद्ध कांग्रेसले ठूलै आन्दोलन गर्छ।’



प्रतिक्रिया दिनुहोस्