Logo

दशैंका लागि अग्रिम टिकट बुकिङ २५ गतेपछि खुल्ने, यस्तो छ तयारी



रिपोर्टर्स नेपाल । दशैंमा घर जाने आउनेहरुका लागि खुशीको खबर आएको छ । यातायात व्यवसायी र सरकारी निकाय बैठक बसेर यसको टुंगो लगाउने भएका छन् । व्यवसायीले भाडादर समायोजन देखि लगानीको वातावरणको विषय उठाएपछि अग्रिम बुकिङमा अन्यौल रहेको अवस्थामा बैठक बसी टुंगो लगाउन लागिएको हो ।

२५ भदौमा यातायात व्यवस्था विभागका गोगन बहादुर अधिकारी र व्यवसायीबीच बैठक बस्ने भएको छ । बैठक बसी अग्रिम टिकट खुलाउनेबारे टुंगो लगाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले रिपोर्टर्स नेपाललाई बताए । उनले भने, भदौं २५ गते बैठक बसेर टुंगो लगाइनेछ ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले टिकट अग्रिम बुकिङ छलफलका क्रममा रहेको बताए । यात्रुहरुको सेवाका लागि आफूहरुले काम गर्ने तर आफूहरुको समस्याको समेत सम्बोधन हुनुपर्ने बताए ।

दशैंमा घर जान यात्रुहरुले अहिले देखि नै चिन्ता देखाउन थालेका छन् । अग्रिम बुकिङमा अन्यौल रहँदा सजिलै घर जान नपाइने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । तर, महासचिव सिटौला यात्रुलाई सहज तरिकाले गन्तव्यमा पुर्याउन आफूहरु सक्षम रहेको बताए ।
यसपटक नयाँ गाडीहरु बुकिङ कम हुँदा यात्रुले समस्या भोग्नुपर्ने चिन्ता समेत हुनथालेको छ । बैकिङ ऋण देखि बिमालगायतले आफूहरु मारमा पर्दा नयाँ गाडी निकै कम थपिने अवस्था आएको सिटौलाले बताए । नयाँ गाडी नथपिंदा चाप पर्नसक्ने उनको भनाई छ । उनले भने, बैकिङ तरलताका कारण यातायात व्यवसायी जोखिम उठाउन चाहिरहेका छैनन् ।

दशैंका समयमा कमाई हुने कारण व्यवसायीले नयाँ गाडी थप्ने गर्दथे । यसपटक लगानीकर्ता हिच्किचाएका कारण समस्या आउनसक्ने सिटौलाको भनाई छ ।

विभागका महानिर्देशक अधिकारीले व्यवसायीले भाडा समायोजनको विषय उठाएकोले त्यसबारे अध्ययन गर्न आफूहरुले बजेट नै छुट्याएको बताए । व्यवसायी पनि जिम्मेवार ढंगले प्रस्तुत भएको बताए ।

सडक अवस्था सुधारमा समेत व्यवसायीले जोड दिएका छन् । सिटौलाले कतिपय सडकमा यातायात संचालन गर्न कठिन रहेको बताए । यसबारे सरकारले गम्भीरता देखाउनुपर्ने उनको भनाई रहेको छ । फाइल तस्बिरः रिपोटर्स नेपाल



प्रतिक्रिया दिनुहोस्