Logo

चिनियाँ विदेशमन्त्री किन आउँदैछन्



काठमाडौं, भदौ २० । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । उनी २२ भदौमा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तीन दिवसीय भ्रमणमा आउन लागेका यीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत वरिष्ठ सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणको चर्चा चलिरहँदा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।

पछिल्लो समय नेपाल र चीनबीच सम्बन्ध मजबुत हुँदै गएकोमा अन्तराष्ट्रिय चासो छ । विदेशमन्त्री यीको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । भ्रमणले चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्