Logo

प्रधानसेनापति र बङ्गलादेशका मन्त्रीबीच भेटवार्ता



काठमाडौं, २० भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र बङ्गलादेशका राज्यमन्त्री डा एमडी इनामोर रहमानलगायतको ११ जनाको उच्च अधिकारीहरुको टोलीबीच भेटवार्ता भएको छ ।

जङ्गी अड्डामा आज भएको भेटवार्तामा प्रधानसेनापति थापा र मन्त्री रहमानबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । उच्चपदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताबाट दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाइ लिने विश्वास नेपाली सेनाले लिएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्