Logo

प्रचण्ड प्रधानमन्त्री बन्दैनन् : विष्णु पौडेल (भिडियोसहित)



काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको दाबी गरेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले आगामी महाधिवेशनसम्म पार्टीभित्र दुई जना अध्यक्ष नै रहने जिकिर गरे । उनले भने,”महाधिवेशनले के गर्छ ? त्यो त महाधिवेशनले नै गर्ला । अध्यक्षलाई अधिकार त हाम्रो विधानले नै दिएको छ नि । हामीले निर्णय गरेर सहमतिमा सर्वसम्मतीले विधान निर्माण गरेका छौं । विधानमा दुई जना अध्यक्षको प्रवन्ध गरिएको छ । अध्यक्षहरुलाई विधानले निश्चित् प्रकारको अधिकार प्रत्यायोजन गरेको छ । त्यो अधिकार उहाँहरुले प्रयोग गर्नुहुन्छ । अहिलेपनि गरिरहनुभएको छ । त्यसकारण अधिकार लिने वा दिने भन्ने प्रश्न नै छैन् ।”

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री भएको दाबी गरे । माधव कुमार नेपालले अघि सारेको एक व्यक्ति, एक पदको अवधारणा पार्टीको विधान नभएको पनि उनको जिकिर छ । उनले भने,”यो पार्टीको लाईन होईन । पार्टी विधानले पनि त्यो कुरा भन्दैन् । पार्टी एकता गर्ने बेलापनि यो कुरा गरिएको छैन् । र, हामीले एकता गर्दा जुन विधान निर्माण गरेका छौं । त्यही अनुसार पार्टी अगाडि जान्छ ।”



प्रतिक्रिया दिनुहोस्