Logo

नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा बालाजीले जिते साँढे १२ लाख 



उनले नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा साँढे १२ लाख जिते । राजकुमार मोहम्मद विन सलमानको देशको नाम साउदी अरब भन्दा बालाजी सौदार मानेले उक्त रकम जितेका हुन् । अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपतिमा बालाजी सौदार मानेलाई शुरु प्रश्न सँसारको एकमात्र कोण परेको झण्डाबारे सोध्दा उत्तर नेपाल भनेका थिए । सावधानीपूर्वक खेलेका उनले साँढे १२ लाखको प्रश्नमा सलमान कुन देशका राजकुमार हुन् भनी सोध्दा सजिलै उत्तर दिएका थिए ।

बच्चनले सन् २०१९ को फेब्रुअरीमा भारतको भ्रमण गर्ने मोहम्मद विन सलमान कुन देशका राजकुमार हुन् ? भनी सोध्दा बालाजीले साउदी अरेबिया भनेका थिए । प्रिन्टिङ प्रेसमा डिजिटल र फ्लेक्स ब्यानर टाँस्ने गर्दै आएका बालाजी आर्थिक अभावका कारण चार्टर एकाउन्टेन्ट पढ्न सकेका थिएनन् । मासिक मात्र सात हजार भारतीय रुपैयाँ आम्दानी गर्ने उनले जितेको रकम आफ्ना बालबालिकाको सुन्दर भविष्यका लागि खर्च गर्ने बताए ।

कौन बनेगा करोडपतिमा फेरिक एकपटक नेपालको नाम आएको थियो । विगतमा पनि माधवकुमार नेपालसँग सम्बन्धित प्रश्नमा एक व्यक्तिले ठूलो धनराशी जितेका थिए । Photo: Credit: Kbcliv

प्रतिक्रिया दिनुहोस्