Logo

रोएका वैज्ञानिकलाई हाँस्दै मोदीले धाप मारे (भिडियोसहित)



चन्द्रमामा यान अवतरणको अन्तिम समयमा असफलता भोगेपछि भारतीय अन्तरीक्ष अध्ययन केन्द्रका प्रमुख वैज्ञानिक के सिभन रुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिक पुगे । मोदीले मुसुक्क हाँस्दै अंकमाल गरेर धाप मारिरहे ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमता अपनाउन सक्ने अध्यात्मिक चिन्तनका मोदीले आफूलाई काबुमा राख्दै चन्द्र मिसनमा सहभागी सबै वैज्ञानिकलाई बधाई दिए । उनले बैंगलोरस्थित इसरोको कक्षमा सम्बोधन गर्दै वैज्ञानिकहरुलाई भने, ‘हाम्रो हौसला कमजोर भएको छैन झन् मजबुत भएको छ ।’ अन्तिम समयमा रुकावट आएपनि गन्तव्यमा पुगी छाड्ने दृढता व्यक्त गरे । कहिले नहार्ने संस्कृतिको जिउँदो उदाहरण भन्दै चन्द्रयानले अझ मजबुत र उत्कृष्ट बन्न सिकाएको बताए । उनले भने, ‘म तपाईंहरुको साथमा छ र देश तपाईंहरुको साथमा छ ।’

हरेक कठिनाईले नयाँ सिकाउने भन्दै त्यसले भविष्यको बाटो सिकाउने उल्लेख गरे । उनले भने, ज्ञानको सबैभन्दा ठूलो शिक्षा विज्ञान भएको भन्दै यसमा कहिले विफलता नहुने प्रयोग र प्रयास भइरहने बताए । नयाँ सम्भावना देखाउँदै जाने बताए । असिम सामथ्र्यको महशुश दिलाउने उल्लेख गरे ।तत्काल पुग्न नसकिएको तर योजना अझ मजबुत हुने बताए । उनले भने, ‘हामी निकै नजिक पुग्यौं, अब हामी अवश्य पुग्नेछौं । यो भन्दा राम्रो अवस्था ल्याउनेछौं ।’

यसअघि भारतको चन्द्रमामा यान अवतरण प्रयास असफल भएपनि मोदीले भारतीय वैज्ञानिकहरु गर्व गर्न लायकको भएको भन्दै ट्वीट गरेका थिए । चन्द्रयान अवतरण गरिरहँदाको क्षण प्रत्यक्ष हेरेका उनले सम्पर्क टुटेपछि भारत आफ्ना वैज्ञानिकप्रति गौरवान्वित रहेको बताए ।

मोदीले भनेका छन्, भारत आफ्ना वैज्ञानिकप्रति गौरवान्वित छ । उक्त क्षण बहादुरीपूर्ण रहेको र सधै रहिरहने उनको भनाई थियो । भारत सधै अन्तरीक्ष कार्यक्रममा आशावादी रहने बताए । उनले भने, ‘हामी सधै आशावादी छौं र अन्तरीक्ष कार्यक्रममा परिश्रमलाई निरन्तरता दिइरहन्छौं ।’

यसअघि चन्द्रमामा चन्द्रयान अवतरण गर्ने भारतको प्रयास अन्तत असफल भएको देखिएको थियो । अन्तिम समयमा यानले सम्पर्क गुमाएपछि प्रयास असफल भएको हो । चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा पुग्न केही मिनेटमात्र बाँकी रहँदा यानले सम्पर्क गुमाएको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोले पुष्टि गरेको छ । यान चन्द्र सतहबाट मात्र २ं.१ किलोमिटर टाढा रहँदा सम्पर्क गुमाएको हो । यसबारे डाटा लिने प्रयास भइरहेको जनाइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण भएको भए भारतले नयाँ किर्तिमान बनाउने थियो । दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्थ्यो भने चन्द्र सतहमा यान अवतरण गर्ने चौंथो मुलुक बन्थ्यो । भारतले लामो प्रयासपछि चन्द्रयान प्रक्षेपण गरेको हो । उसले ४५ दिनअघि चन्द्रयान २ चन्द्रमाका लागि प्रक्षेपण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्