Logo

‘सी जिङपिङले नेपालमा रेल ल्याउँछन्’



कुटनीतिक क्षेत्रका जानकार तथा पूर्व राजदूत हीरण्यलाल श्रेष्ठले ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा महत्वपूर्ण खुलासाहरु गरेका छन् । उनले चिनियाँ राष्ट्रपति निश्चित रुपमा नेपाल भ्रमणमा आउने भन्दै अब नेपाल बहुराष्ट्रिय केन्द्र बन्ने बताए । उनीसँगको कुराकानीः

चीनका राष्ट्रपति नेपाल आउने सम्भावना बढेको ?
अबश्य पनि बढेको छ । उहाँको इण्डियाको दोस्रो भ्रमण हो । त्यसपछि नेपाल आउँदै हुनुहुन्छ । यसैको तयारीको चीनको परराष्ट्रमन्त्री आउँदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्री पूर्व तयारीको लागि आउँदैहुनुहुन्छ ?
हो, राष्ट्रपति भ्रमणको पूर्वतयारीको लागि आइतबाट परराष्ट्र मन्त्री आउँदैहुनुहुन्छ ।
यसमा कुनै विमति छैन ?
यो शुभसंकेत नै हो । यसको महत्वपूर्ण विषय त अझ भारत र चीनको सम्बन्ध विकास भइराखेको छ । पाँच वर्षमा मोदीले सबैभन्दा धेरै भेट गरेको सीसँगै हो । अहिले पनि भेट हुँदैछ । यसले नेपाल, बंगलादेश र भुटान जस्ता देशलाई धेरै सहयोग पुगेको छ । दुई ठूला छिमेकी मुलुक मिल्दा हामीलाई पनि सहयोग पुग्छ । द्वन्द्व हुन थाल्यो भने अप्ठ्यारो हुन्छ । यसरी मिल्नु राम्रो कुरा हो । यसले दुई÷चार वटा नयाँ आधार देखिएको छ । जस्तो एकध्रुवीय महाशक्तिले डोमिनेट गरेको विश्वलाई दुवैले हेर्न चाहँदैनन् । यी दुवै मल्टि पावर डेभलप हेर्न चाहन्छन् । योभन्दा पहिला रुस, चाइना र इण्डियामो भ्रमण भएको थियो । यसले बहुध्रुवीय विश्वको विकासको लागि सँगसँगै हिडेको देश भारत र चीन हो । यसले नेपाललाई धेरै सजिलो हुन््रछ । नेपालको लागि भारत चीन लडिदिन्छ त्यो होइन । भारत र चीन एकअर्कामा समस्या नपर्ने गरी एकअर्कामा प्रतिस्पर्धामा अगाडि आएको देखिन्छ । चीनका राष्ट्रपतिको भ्रमण नेपालको विकासको कोसेढुंगा सावित गर्ने ।
चिनीयाँ राष्ट्रपति नेपाल आउने एजेन्डा के छ ?
सर्वप्रथम त चिनियाँ राष्ट्रपतिले दक्षिण एशियाका देश भ्रमण गरिसकेका थिए । नेपाल बाँकी थियो । आपूmसँग जोडिएको देश बाँकी रहेकाले पनि यो भ्रमण प्राथमिकतामा परेको हो । दोस्रो तिब्बतमा हुने जुन चीन विरोधी गतिविधिलाई रोक्न पनि नेपालको सहयोगको आवश्यकता छ । अर्को रसुवागढीसम्म रेलमार्ग ल्याएर दक्षिण एशिया प्रवेशद्वार बनाउने राष्ट्रपति सीको उद्देश्य हो । त्यो प्रवेश मार्गको रुपमा विकास गर्न खोजिरहेको छ । उसले भारतलाई विश्वस्त बनाएर नेपालसँग सम्बन्ध बढाउन चाहन्छ । अब २० पछि भारत र चीन दुवै देशबाट रेल आउने छ । यी दुई देशका ठूला बजारलाई जोड्ने कडीको रुपमा नेपाल रहन्छ । सकारात्मक दिशातर्पm अगाडि बढ्ने यसपालिको भ्रमण हुन्छ ।
चीनको राष्ट्रपति लामो समयपछि आउँदै हुनुहुन्छ तर एकदिन पनि नबस्ने गरी किन ?
पहिलो उहाँको व्यवस्तता हो । दोस्रो सुरक्षाको विषय छ । खुला सिमाना छ दक्षिणतिर बसै रिजर्भ गरेर दलाइ लामाका मान्छे आउन सक्छन् । पहिला आउँदा चार घण्टा बस्नुभएको थियो यसपालि ९ घण्टा बस्नुहुन्छ होला । भ्रमण छोट्याएको नेपाललाई कम महत्व दिन होइन सुरक्षाको दृष्टिकोणले हो ।
चीनका राष्ट्रपति पहिला भारत गएर मात्र नेपाल आउँदैनुहुन्छ नेपाल आएर भारत जाँदा पनि हुन्थ्यो नि ?
यसपालि भारत पुगेर नेपाल आउने सम्भावना बढी देखिन्छ ।
नेपालमा वैदेशिक लगानी बढ्यो भनिन्छ तर लगानी कर्ताको आकर्षण त देखिएन नि ?
पहिलो त हाम्रो ब्युरोक्र्यासी आधुनिकीकरण हुन सकेको छैन ? राजनीतिक व्यवस्था परिवर्तन भयो तर ब्युरोक्र्यासीहरु परिवर्तन भएको छैन । कर्तचारीतन्त्रको मानसिकता विकासको शैलीमा जान सकेको छैन । अर्को कुरा राजनीतिक स्थिरता पनि हेर्छन् लगानीकर्ताले । जति पनि विकसित मुलुकहरु छन् त्यहाँ राजनीतिक स्थिरता छ । भारत र चाइनालाई जोड्ने बाटो नोपल नै भएकाले नेपाल बहुराष्ट्रिय केन्द्र बन्दैछ ।

वर्तमान सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएको हो ?
क्रमशः राम्रो हुँदै गएको छ । यसलाई अझ समस्या रहित बनाउनुपर्छ । हामीले सम्बन्ध सबैसँग राख्ने हो । कसैको पोल्टामा परेर अर्काको विरोध नगर्नु नै राम्रो हुन्छ । सम्बन्धलाई राम्रो बनाउँदै लानुपर्छ । अरु विकसित मुलुकसँगै नेपाल पनि अगाडि बढ्छ । अहिलेको सम्बन्धले लगानीकर्ता पनि आउँछन् । पर्यटक पनि आउँछन् अनि विकासको ढोका खुल्ला हुने छ ।
नेपाल–भारत सम्बन्ध राम्रो भएको हो ?
नेपाल–भारत सम्बन्ध नाकाबन्दीको समयभन्दा राम्रो भएको छ । उनीहरुले मुखले नभने पनि नाकाबन्दीका कारण नेपाल रिसाएको हो । यो गलत थियो भन्ने लागेको थियो । त्यस समयको भन्दा धेरै राम्रो भएको छ । भारतका प्रधानमन्त्री र विदेशमन्त्री पनि नेपालसँग सम्बन्ध सुधार गर्न चाहन्छन् । नेपालमा स्टेबल सरकार भएकाले पनि सम्बन्धलाई सुधार गरेर अगाडि जान सक्ने अवस्थाको सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस्