Logo

कर्मचारीहरुमा जनतालाई ठग्ने लुट्ने हो भन्ने मानसिकता छ-दीनानाथ शर्मा



नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य दीनानाथ शर्माले राजनीतिक दलका नेताको बचाऊ गरे । उनले कर्मचारीतन्त्रमा समस्या रहेको भन्दै ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँगको कुराकानीः

देश कता जाँदै छ ?
राष्ट्र निर्माणका लागि समृद्धितर्पm अगाडि बढ्दै छ ।
जनताले पत्याउँदैनन् नि ?
किन नगर्नु गरिराखेका छन् ।
राम्रा काम केही भएको छैन ?
गरेको छ किन नगर्नु । विकास निर्माणको योजना ल्याइराखेको छ । पहिला यसले पुनसंरचना गर्ने काम ग¥यो । देशको आधारशीला तयार भएको काम अगाडि बढेको छ ।
हाम्रो देशमा कामै हुँदैन मेलम्ची खानेपानीको अवस्था कन्तबिजोग छ नि ?
अहिलेको सरकारले बनाएको कन्तबिजोग होइन । २०४७ सालदेखि नै यसको कन्तबिजोग हुँदै आएको हो । यसमा हामी सबै जिम्मेवार छौं ।
मेलम्चीमा त प्रहरी र कामदारबीच नै झडप भइसक्यो नि ?
नेपालको दूर्भाग्य नै यही हो । जब विकास निर्र्माणका केही कामहरु हुन थाल्छन् त्यसलाई बिथोल्न र अलमलमा पार्न अनेक तत्वहरु आउँछन् । यस्ता प्रवृत्तिहरु निरन्तर रुपमा बढेका छन् । त्यहाँ पनि क–कसको चाहना मिलेको छैन त्यसैले यस्तो भएको हो ।
हाम्रो देशमा राष्ट्रिय गौरवका परियोजनाहरुले गति लिन सकेन नि ?
राष्ट्रिय गौरवका परियोजनाहरुको काम भइराखेका छन् । विमानस्थलहरु निर्माण भइराखेका कति परियोजनाहरु समयसिमा भन्दा पहिला पनि सम्पन्न भएका छन् । पहिलाको भन्दा केही सुधार भएको छ । गुणात्मक ढंगले सुधारहरु भएका छन् । कामै भएको छैन भनेर जसरी प्रचारवाजी भएको छ त्यो त्यति सान्दर्भिक होइन ।
हुलाकी राजमार्गले अहिलेसम्म गति लिन सकेन नि ?
अहिलेको सरकारले हुलाकी राजमार्गलाई एउटा निष्कर्षमा पुर्याउनको लागि योजनाबद्ध काम गरेको छ । हुलाकी राजमार्ग अहिले होइन २०/२५ वर्ष पहिलो सुरु भएको हो । त्यतिबेलादेखि हुन नसकेको काम अहिले सरकारले व्यवस्थित ढंगले अगाडि बढाएको छ ।
कोशी करिडोरमा बजेट कम भयो भनिएको छ नि ?
भएको बजेट खर्च गरौं । त्यसपछि करिडोरको कुरा हुन्छ । बजेट थोरै भयो काम भएन भन्ने गुनासोहरु हुन्छन् । भएको बजेट पनि सम्बन्धित ठाउ्रँमा खर्च हुन नसकेको दुःखद् घटना हामीले देखेका छौं ।
मध्यपहाडी लोकमार्गको पनि काम हुन सकेको छैन नि ?
मध्यपहाडी लोकमार्गको आफ्नो गतिमा निरन्तर काम भइराखेको छ । ठेक्का प्रक्रिया र खरिदऐन नेपालको समस्याको विषय हो । खरिद ऐनमा टेकेर भ्रष्टाचार गर्ने, त्यही खरिद ऐनले सबै रोक्ने । त्यसमा ठेकेदार जति काम लम्ब्याउँदै जाँदा पनि सरकारले पैसा थपिदिँदै जाने । र, सबैले बाँडचुड गरेर खाने पहिलादेखिको संस्कार र संस्कृति बस्यो । यस प्रवृत्तिलाई यो सरकारले फेर्न बल गरेको छ । यी प्रवृत्तिले अप्ठ्यारो पारेको हो । तर, कामै भएको छैन भन्ने होइन । महाकालीदेखि लोकमार्गबाट रात्री बस चढेर काठमाडौं छिर्ने बेला भइसक्यो कामै भएको छैन भनेर हल्ला गर्नु उचित होइन ।
काम जति छिटोछरितो ढंगले हुनुपर्ने हो त्यो पैसा नभएर रोकियो भनिन्छ नि ?
पैसाको कारणले काम रोकिएको छैन । पैसा काम भएपछि पाइन्छ । मध्य पहाडी लोकमार्गको काम पनि भएको छ । विमानस्थलको पनि भइराखेको छ । जति पनि भौतिक संरचना छन् तिनको काम धेरथोर भएको छ । हामी खाली भौतिक विकासमा मात्रै केन्द्रित छौ । त्यसले मात्रै राष्ट्रको विकास हुृँदैन । मानसिक रुपले पनि विकास हुनुपर्छ । सामाजिक, सम्मान, सद्भाव, र सामाजिक संस्कृतिको पनि विकास हुनुपर्छ । पछिल्लोृ समय सामाजिक सद्भावलाई भड्काएर विकास निर्माण रोक्ने, बिगार्ने काम भएको छ । त्यसलाई निरुत्साहित गर्ने काममा मिडियाको खबरदारी रहोस् ।
कर्णालीका बिरामीहरुले बेड र डाक्टर अभावले उपचार पाएका छैनन् नि ?
यहाँबाट खटाएका डाक्टरहरु त्यहाँ गएर उपचार गर्दैनन् । खटाएको ठाउँमा नजाने र संगठनको झन्डा लिएर शक्तिकेन्द्र ओरिपरि घुम्ने । बरु सिंहदरबारतिर आन्दोलन गर्न लाग्छन् काममा जाँदैनन् । हाम्रो देशमा डाक्टरको खाँचो पनि छैन । तर जहाँ पोस्टिङ भएका छन् त्यहाँ गएर सेवा नदिने । कर्मचारीहरु हाम्रो जनताको सेवा दिने भन्ने छैन । हाम्रो काम भनेको नेपाली जनतालाई ठग्ने लुट्ने हो भन्ने मानसिकता कर्मचारीहरुमा देखिएको छ ।
कर्मचारीहरु घूसबिना कामै गर्दैनन् भन्ने छ नि ?
पहिलो कुरा सेवाग्राहीले काम दिएर जाँदा आफ्नो काम छिटो बनाउने बहानामा पैसाको लोभ देखाउन भएन । हरियो घाँस देखाइदिएपछि बाख्रा, पाठाहरु त्यसै पनि आकर्षित भइहाल्ने भए । ‘घूस दिन्याँ र लिन्याँ दुवै दोषी हुन्’ भनेर पृथ्वीनारायण शाहले भन्नुभएको थियो । त्यसैले हामीले पनि घूस दिने लिने दुवैलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता छ । अदालतमा जान्छ नियम संगत काम हुँदैन । त्यसकारण पहिल्यै कागजमुनिबाट पैसा छिराइदिन्छ । नेपाली जनतामा कर्मचारी भनेको हाम्रो काम गर्न बसेका हुन् । त्यो काम गरेबापत सरकारले उनीहरुलाई तलब दिएको छ भन्न सक्ने जनता हुनुपर्छ ।
अब सरकार गति लिन्छ ?
सरकारले काम गरिराखेको छ । गति लिन्छ काम गरेर अगाडि बढ्छ । यसमा कुनै समस्या छैन ।
यो सरकारले विकास गरेको जनताले देख्न पाउँछन् ?
पाउँछन् । अबको १० वर्षपछि यो देश धेरै माथि पुग्छ ।
दुई वर्षसम्म केही नहुँदा विश्वास गर्न छाडिसकेका छन् नि ?
केही भएकै छैन भन्ने होइन । भएको छ तर जनताले आशा गरेजति हुन सकेको छैन । त्यसलाई बढाउन हामी मिहेनत गर्दैछौं ।
नेपाली कांग्रेसले त सरकारको क्रियाकलाप विरुद्धमा आन्दोलन गर्ने भनेको छ नि ?
लोकतन्त्रमा यो नौलो कुरा होइन । प्रतिपक्षी पार्टीले सरकारको कामप्रति खबरदारी गर्ने, आफ्नो संगठन बनाउने, विरोध गर्ने काम सबै पार्टीले गर्नुपर्छ । उनीहरुको फुर्सद छ । यो बेलामा कार्यकर्ता भेटघाट गर्ने, महाधिवेशन गर्ने, आफ्ना भ्रातृ संगठनहरुलाई व्यवस्थित गर्ने यो अवसर हो । त्यो सबै पार्टीमा हुन्छ । प्रतिपक्षी पार्टी सरकारलाई खबरदारी गर्ने काममा लागेको छ हामीलाई खुसी नै लागेको छ ।
तपाईंहरुको पार्टी एकढिक्का भयो ?
हामी एकताबद्ध भयौं । केही हुन बाँकी रहेका कामहरु हुँदैछन् । त्यो भइसकेपछि हाम्रो पार्टी पनि सुदृढ बन्छ नेपालका दुईवटा सशक्त बन्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्