Logo

धार्मिक स्वतन्त्रताको एजेन्डा सार्दै डा. शेखर कोइरालाले भने-पूर्व राजाले के गरेका छन् र दोष दिने ?



नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला भावी सभापतिका दाबेदार हुन् । उनले काँग्रेसलाई बलियो एजेण्डा दिएर नेतृत्व दिने रणनीति बनाइरहेका छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः
नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेस एक भएको हो ?
कांग्रेस त सधैं एकै छ नि ।
नेताहरुको बीचमा मनमुटाब छैन ?
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकाले वैचारिक विषयमा सबै कुरा मिल्दैन नि । बसह, छलफल, वादविवाद, धारणाहरु आउँछन् । म एउटा उदाहरण दिन्छु, ‘बीपी कोइराला जब क्रान्ति गछु भनेर हतियार खरिद गर्न थाल्नुभयो । त्यस बखत सुवर्ण शमशेरले राजा र भारतसँग मिलेर अगाडि बढनुपर्छ भन्नुभयो । त्यसबेला कृष्णप्रसाद भट्टराई जेलमा हुनुहुन्थ्यो उहाँले म जेलबाट छुटुदिनँ । म राजा र भारतसँग मिल्दिँन । नेपाली जनताका लागि नेपालमै बसेर संघर्ष गर्छु भन्नुभयो । त्यसैले विचारमा फरक भइरहन्छ नि । त्यसलाई ठूलो मान्नु हुँदैन । अब त्यसैलाई केही नेताहरुले कसरी कलर दिनुहुन्छ ? नेपाली कांग्रेसभित्र कसैले गुटको राजनीति गर्नुहुन्छ । तर, म विचारको राजनीति मात्र गर्छु ।
धर्मनिरपेक्षबाट तपाईंहरु किन पछाडि हट्नुभयो ?
संविधानसभामा संविधान बनाउने बेलामा पनि धार्मिक स्वतन्त्रताका पक्षमा रोष्टमै उभिएर बोल्ने मान्छे मै हुँ । त्यो सुशील दा, शेरबहादुरजी, रामशरणजीले अरु पनि दुईवटा विषय थियो, संसद्बाट पास पनि भयो । समानुपातिक, समावेशी, जनसंख्याको आधारमा सिट निर्धारण हुनुपर्छ भन्ने विषय आयो । मैंले त्यसबारे जोडतोडले कुरा उठाए । त्यो बेला उहाँले भन्ुभयो यो नगर्नुहोस् तपाईं भनेर । मैंले त्यो बेलादेखि भनिराखेको थिए, अहिले पनि भन्छु ।
तपाईंले मात्रै भनेर भएन नि ?
सबैभन्दा पहिलो कुरा नेपाली कांग्रेसका चारतारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक हो भनेर नेतादेखि तल्लो लेभलका कार्यकर्ताले पनि बुझेका छन् । हामी के भन्दै आएको पहिलो ‘गाई हाम्रो राष्ट्रिय जनावर हो, त्यसैले गौवध नगर ।’ दोस्रो ‘कुनै पनि प्रलोभनमा धर्म परिवर्तन नगर ।’ यो पनि भन्न नपाउने संविधानमै लेखेको छ ।
अहिले गौहत्या भइराखेको खोइ तपाईहरु बोलेको ?
भइराखेको छ त्यसलाई कारबाही गर्ने काम कसको ? हाम्रो त होइन होला ? संविधानमा उल्लेख भएको सरकारले गर्ने होला नि त ।
नेपालगन्जबाट सूर्खेत पठाएको गाई बाटैमा मारियो ?
यसको जिम्मेवारी राज्यले लिनुपर्छ ।
तपाईंहरुले प्रतिक्रिया दिनुभएन नि ?
नेपाली कांग्रेसको केन्द्रीय कमिटीबाटै प्रक्रिया आएको छ ।
तपाईंले राष्ट्रिय एजेन्डा बनाउनुभएको छ नि ?
पार्टीले प्रक्रिया दिएको छ । यो मुद्दा लिएर सडकमै जाने कुरा भएन । हामीले त बोल्ने हो । म त अझ हिन्न्दू राष्ट्र भनेर सडकमा बोलेर हिँडेको देख्छु कहिलेकाहीं तिनीहरु कहाँ सुतेर बसेका छन् भन्न चाहन्छु । सुत्नुभएको रहेछ नि त । अरुबेला आएर कराउने हिन्दु राष्ट्र चाहियो भनेर । आज यत्रो गौहत्या हुँदा कहाँ हुनुहुृन्छ उहाँहरु ? सडकमा आउन सक्नुभए ? जो हिजो हिन्दु राष्ट्रको वकालत गरेर हिड्नुहुन्थ्यो उहाँहरु यस विषयमा किन बोलिरहनु भएको छैन ? राजनीति र धर्मलाई हामीले अलिकति अलग पनि राख्नुपर्छ । यी दुई चिजलाई एकै ठाउँमा राखेर हिड्दा देश अप्ठ्यारोमा पर्छ ।
नेपालगन्जको मेयर हुनुहुन्छ धवल शमशेर राणा, किन त्यस्तो भयो ?
उहाँ त राप्रपाको नेता हुनुहुन्छ । खाली यतिमात्रै भन्छु, धर्म र राजनीतिलाई अलग गरौं नम्बर एक । नम्बर दुई धर्मनीरपेक्षता र धार्मिक स्वतन्त्रता एउटै विषय होइन भन्छु म । यो कुरा हामीहरुले जनतामा बुझाउन सकेका छैनौं । धर्मनिरपेक्षता भनेको युरोपबाट आएको हो । किन आयो भन्ने कुरा धेरै पहिलो भनिसकेको छु । त्यहाँ पहिले चर्चले शासन गर्थे । पछि जब जनता बलिया हुँदै गए र चर्चसित लडाईं गर्यो । लडार्इंं भइसकेपछि चर्चको अधिकार कटौती गर्नलाई धर्मनिरपेक्षता भनेर राख्यो । हामीमा त त्यो समस्या थिएन । धर्मनिरपेक्षताको लडाईं गरेको पनि होइन । निरंकुश राजतन्त्रको अन्त्यको लागि लडाईं हो । पूर्ण प्रजातन्त्रको लागि लडाईं लडेको हो । र, नेपाली कांग्रेसको एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक हो भनेर हामीले स्पष्ट बुझ्नुपर्छ ।
तर, नेपाली कांग्रेसभित्र नेपाललाई हिन्दु राष्ट्र बनाउने बहस शुरु भएको छ नि ?
नेपाली कांग्रेस एउटा लिबरल डेमोक्र्याटिक पार्टी हो । यो बहस गर्न पाइँदैन भनेर कसैले भन्छ भने त्यो गलत हो । हाम्रो आगामी महाधिवेशनमा यो विषयलाई महाधिवेशन प्रतिनिधिहरुले धेरै गम्भीर रुपमा उठाउनुहुन्छ भन्नेमा म विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसका नेताहरु सचेत हुनुपर्छ । अहिले नै म्यानेज गर्नुपर्छ के कसरी म्यानेज गर्ने हो नेताहरुको काम हो ।
अब कांग्रेस हिन्दु राष्ट्र बनाउने अभियानमा लाग्यो भन्दा हुन्छ ?
मैले त्यसरी भनेको होइन । यसलाई कहाँ अभियान भनेको छ र ?
कांग्रेसले आफ्नो नीति परिवर्तन गर्न लागेको हो ?
कांग्रेसले कहाँ नीति परिवर्तन गरको छ ? यस्ता कुराहरु नगर्नुस् ।
नेपाली कांग्रेसले आपैmले ल्याएको व्यवस्थालाई कमजोर पार्दैछ भन्छन् नि ?
होइन कहाँ कमजोर पारेका छ । गणतन्त्र र संघीयता नेपाली कांग्रेसले कमजोर पारेको हो ? नेपाली कांग्रेसको सरकार छ अहिले ? प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो र भन्नुभयो– ‘पूर्वराजा र विप्लव मिलेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खत्तम पारे । त्यसलाई निश्तेज पार्न हामी राजनीतिक दलहरु एकजुट हुनुपर्यो भन्नुभयो । राजाले समाप्त पारेको हो गणतन्त्र ? राजा त चुप लागेर बसेकै थिए नि । अहिले पनि उहाँ चुप लागेर बस्नुभएको छ । आपूm म्यानेज गर्न नसक्ने अरुलाई दोष दिएर हुन्छ । फ्रान्समा राजतन्त्र गएको सय वर्षभन्दा बढी भइसक्यो अहिले पनि एउटा तप्का राजतन्त्र चाहन्छ । राम्रो काम गरेन भने गणतन्त्र रहिरहन्छ ? राज्यसञ्चालमै गडबड छ भन्छु म । संघीयताको विषय हेर्नुस् हरेक प्रदेश र केन्द्रबीच लडाईं चलिरहेको छ । संविधानमा लेखेका कुरा नस्वीकार्ने । शिक्षा मन्त्रालयले डिक्टेक गर्ने शिक्षाको विषयलाई, संघ र प्रदेशलाई अधिकार प्रत्यायोजन गर्ने । अहिले निजगढवाला विषय आएको छ । बनाउने त्यही हो । कम्तिमा प्रदेश बनिसकेपछि त्यहाँका प्रतिधिहरुसँग पनि सल्लाह, सुझाव लिए हुन्छ नि । अब प्रदेश–प्रदेशबीच लडाईं हुनथालेको छ । ४ नम्बर प्रदेशबाट पानी जाँदैछ हामी तिनाउमा खसाउन दिँदैनौं भन्ने कुरा आएको छ । समावेशिताको कुरा आयो । हामीले बोल्यौं, संविधानमा लेख्यौं, क्लस्टर पनि बनायौं तर राज्यले समावेशिताको समाप्त गर्दै छ ।
जनताहरुमा नेताहरुप्रति विश्वास र भरोसा गुमिसकेको छ नि ?
हो, म त्यहींं आउँदैछु । रवि लामिछानेको जुन केश छ, शालिकराम पुडासैनीे हत्या, या आत्महत्या जे भन्नुस् । त्यसमा किन मानिसहरु सडकमा आए? किन नेताहरु जाँदा पाँच सय मान्छे पनि जम्मा हुँदैनन् । कहिल्यै सोच्नुभएको छ ? न्यायपालिकामा मानिसको विश्वास घटिसक्यो । निराश भइसके मानिसहरु । हामीले न्याय पाउँछौं भन्ने सर्वसाधारणमा छँदैछैन । अख्तियारले किन सानालाई समाउँछ ठूलालाई प्रश्न गर्न बोलाउँदैन ? ललिता निवास जग्गा प्रकरण, सुनकाण्ड, वाइडवडी काण्डलगायतमा किन ठूलोलाई बोलाउँदैन ? अरु देशहरुमा त बोलाउँछ । हाम्रै छिमेकी देशहरुमा बोलाइराखेको छ । प्रश्न सोध्न पनि डराउने अख्तियार ?
सत्तापक्ष र प्रतिपक्षबीच मिलेमतो छ नि भ्रष्टाचारमा ?
अख्तियार त सत्तापक्ष पनि होइन, प्रतिपक्ष पनि होइन इन्डिपेन्डेन संस्था हो । इन्डिपेन्डेन छैन भने त के भन्नु । मैले इन्डिपेन्डेन देख्छु । जग्गा प्रकरणमा तलका ५८ जना मान्छे बोलाउनुभयो माथिको मान्छेलाई किन नबोलाउने ? हस्ताक्षर गर्नेलाई किन नबोलाएको ? अनि कसरी देश अगाडि जान्छ ? वाइडवडीको बारेमा अहिलेसम्म छलफलै भइराखेको छ । प्रधानमन्त्रीले एउटा छानविन कमिटि बनाउनुभयो । न्यायिक आयोग बनाउनुभयो, ४५ दिनको म्याद दिइयो त्यसपछि पत्र पठाउनुभयो । यो सबै हेर्दा हास्याँस्पद छ । यसमा सबै नेताहरु नै दोषी छन् कि जस्तो चिन्ता लाग्न थालेको छ हामीलाई त ।
नेपाली कांग्रेसका सभापतिको पनि नाम जोडिएको छ नि वाइडवडीमा त ?
मैले एकजनाको मात्रै कुरा गरेको होइन । सबैको कुरा गरेको हो । मैले अखबार देखेँ त्यहाँ लेखेको रहेछ ‘कसरी बोलाउने ठूला मान्छेहरुलाई’ त्यो देखेर मलाई चित्त दुख्यो । दोषी ठहरिएका मानिस ठूला हुन् कि साना सबैलाई बोलाउनुपर्दैन ? कसरी छानविन हुन्छ यस्तो भएपछि । राजनीति केको लागि गरेको हामीले ? समाज परिवर्तनको लागि होइन ? सानालाई कानुन लगाउने ठूलो राजनीतिक आडमा छुट्कारा दिने हो भने कसरी परिवर्तन हुन्छ ? अनि घूस दिने र लिने दुवैलाई कारबाही हुनुपर्छ । दिने मान्छे पनि त्यत्तिकै दोषी होला नि ।
आगामी असोज ७ गते सरकार विरुद्ध प्रदर्शन गर्ने भन्नुभएको छ किन ?
जागरण अभियानले कार्यकर्तालाई जागरुक गराउने । सरकारले गरेका गलत कामको सडक प्रदर्शनमार्पmत जनतालाई सुसूचित गराउने हो । उनीहरुलाई भन्नुप¥यो नि यसरी देश चलाइँदै छ । सप्रमाण भन्ने हो । यहाँनेर गलत छ, त्यसलाई खबरदारी गर्नुपर्छ भन्ने हो ।
सडकमा जाँदा समस्याको समाधान हुन्छ कि झन् बल्झिन्छ ?
अहिले हामी प्रतिपक्षमा छौँं । यहाँ कांग्रेसको कुरा होइन । सरकारले गलत गरिरहँदा प्रतिपक्षले चुप लागेर बस्न मिल्दैन । संसद्मा पनि राम्रो रोल खेल्नुपर्छ । सडकमा पनि खेल्नुपर्छ । सदन र सडक दुवैतिर प्रतिपक्षले खेल्छ । सडकमा पनि हामीले बताउनुपर्छ के भइराखेको छ । सडकमा गएर भैm—झगडा, तोडफोड, हुलहुज्जत गर्ने होइन । हामीले जनतालाई रचनात्मक ढंगले सुसूचित त गर्नुप¥यो नि । मिडिया काउन्सिलको बारेमा के भएको छ ? द्वन्द्व पीडितहरुको लागि आयोग बन्दैछ त्यसमा त नेपाली कांग्रेस पनि फस्दै छ । त्यसमा पूर्व प्रधान न्यायाधीशको अध्यक्षता छ । त्यसलाई बाइपास गरेर राजनीतिक पार्टीहरुको अध्यक्षतामा बनाउने भन्दैछन् । त्यो कमिटीले मानेन भने के हुन्छ ? कति गम्भीर विषय छ । विदेशीहरुले मानवअधिकारका कुरामा के भन्छन ? मानवअधिकार आयोगका अध्यले त यसरी भयो भने हामी सदस्यबाट हाम्रो नाम हटाउँछौं भनिसक्नुभएको छ । पीडितलाई न्याय दिन सकिएको छैन अब किन डराउँनुप¥यो । नेताहरुलाई नै विश्वास भएको छैन ।
नेपाली कांग्रेसले पनि जनचाहना अनुसार केही गर्न सकेन नि ?
आज कर्णालीको अस्पतालको कुरा उठाउनुभयो । यो कुरा त राज्यले हेर्नुप¥यो नि । प्रतिपक्षले बोल्नुप¥यो । सिरियस लिनुपर्छ उपायहरु छन् । पहिला हामी धरानमा हुँदा पनि पहाडी जिल्लामा डाक्टर हुँदैनथे । तर, हामीहरुले उपाय खोज्यौं धरानबाट डाक्टर पठाएर उपचार गरायौं । कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठान छ, त्यहाँबाट डाक्टर पठाउँदा हुन्छ । त्यो पनि नगर्ने हो भने कसरी चल्छ ।
गणतन्त्र र संघीयताको विपक्षमा कांग्रेस जाँदैन ?
जाँदैन । हामीहरु गणतन्त्र, संघीयताको विपक्षमा जाने कुरा होइन । संघीयताको विषयमा हिजोमात्रै एउटा समाचार आएको थियो । युरोपियन युनियनका केही देशहरुले ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिए संघीयता चलाउन । फेरि अर्थमन्त्री विश्व बैंकसँग अनुदान माग्दै हुनुहुन्छ संघीयता चलाउनलाई । अब संघीयता त्यसरी चलाउँदा २ वर्ष ४ वर्ष चल्ला त्यसपछि त चल्दैन । त्यसमा हामीहरुले अनावश्यक खर्चहरु कटौती गर्नेप¥यो । बढी कर्मचारी भर्ना रोक्नुपर्यो । विकास निर्माण कुरा गर्दा जिल्लातिर गएर हेर्नुपर्छ । केन्द्र, प्रदेश र स्थानीयहरुले एउटै सडकमा पैसा खर्च गरेको छ । त्यस्तो पनि हुन्छ । अनि डुब्लिकेसन वर्क हटाउनुपर्छ । आफ्नै सोर्सबाट संघीय चलाउने हो नि मागेर होइन । संघीयता चाहिन्छ यो देशमा । यहाँ विभिन्न जातजाति, वर्ग, समुदाय मिलेर बसेका छौं । संविधानमा लेखेका कराहरुलाई अक्षरसः पालना गरेमा संघीयता चल्छ । जसरी संघीयतालाई समाप्त गर्ने खेल यही सरकारले गरिराखेको छ त्यो लगत हो ।



प्रतिक्रिया दिनुहोस्