Logo

गौहत्या हुँदा हिन्दु राष्ट्र चाहियो भन्नेहरु कहाँ सुते ? डा. शेखर कोइराला



काठमाडौं, भदौ २१ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गौहत्या हुँदा हिन्दु राष्ट्र चाहियो भनेर विगतमा सडकमा आउनेहरु कता हराए भनी प्रश्न गरेका छन् । उनले हिन्दु राष्ट्रको वकालत गरेर हिंड्नेहरु हिन्दुले भगवान मानेको गाई हत्या हुँदा चुप लाग्नुमा गम्भीर आशंका व्यक्त गरे ।

‘हिन्दुराष्ट्र भन्नेहरु कहाँ सुतेर बसेका छन् ? सुत्नुभएको रहेछ नि त,’ नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग कुरा गर्दै भने, ‘अरुबेला हिन्दु राष्ट्र चाहियो भनेर कराउने, आज यत्रो गौहत्या हुँदा कहाँ हुनुहुृन्छ उहाँहरु ? सडकमा आउन सक्नुभएन ?’

हिजो हिन्दु राष्ट्रको वकालत गरेर हिड्नेहरु नबोलेको भन्दै प्रश्न उठाए । उनले राजनीति र धर्मलाई अलिकति अलग राख्नुपर्ने बताए । राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हिड्दा देश अप्ठ्यारोमा पर्ने तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्