Logo

हनुमन्तेमा दुई टन फोहर सङ्कलन



काठमाडौं, २१ भदौ ।हनुमन्ते सफाइ अभियानको ८०आँै हप्तामा आज मध्यपुरथिमि नगरपालिका–३ कौशलटारदेखि गठ्ठाघरसम्मको सडक सरसफाइ गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको सफाइ अभिायनको क्रममा कौशलटारदेखि गठ्ठाघरसम्मका सडकमा रहेको फोहर सङ्कलन गर्नुका साथै भित्तामा कुरुप हुने गरी टाँगिएका ब्यानर एवं फ्लेक्सप्रिन्ट हटाइएको छ ।

अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीको सहभागिता रहेको र सफाइ अभियानमा दुई टन फोहर सङ्कलन गरिएको छ । विसं २०७५ देखि हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा अहिलेसम्म करीब ७०० टनभन्दा बढी फोहर सङ्कलन गरिएको अभियन्ताले बताएका छन् ।(रासस)



प्रतिक्रिया दिनुहोस्