Logo

नेपालमा पर्यटकको संख्यामा बृद्धि भएको मन्त्री भट्टराईको दाबी



काठमाडौं, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा पर्यटकको संख्यामा बृद्धि हुन थालेको दाबी गरेका छन् । सलाम एयरको थप उडान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रममा मन्त्री भट्टराईले प्रत्येक बर्ष त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुको संख्यामा ७ प्रतिशतले बृद्धि भएको बताएका हुन् ।

हरेक बर्ष नेपालमा पर्यटक आगमनमा बृद्धि भएको भन्दै पुर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनकाअनुसार अन्तराष्ट्रिय यात्रुमध्ये बार्षिक ५० लाखले विमानस्थल प्रयोग गरेका छन् ।

आगामी सातादेखि सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । ओमानको वायुसेवा कम्पनी सलाम एयरले यसअघि काठमाडौंमा सातामा तीन उडान मात्रै भर्दै आएको थियो । सलामले एक वर्ष अघि नेपालमा उडान शुरु गरेको थियो ।

यस अवधिमा करिब ५० हजार यात्रु बोकिसकेकोले आगामी बर्ष १ लाख यात्रु बोक्ने कम्पनीको लक्ष्य छ । सलाम एयरले दैनिक उडान भरेर नेपाल भ्रमण बर्षलाई सघाउने प्रतिबद्धता जनाएको छ ।

नेपालमा कम्पनीको उडान व्यवस्थापन आईएमई इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्