Logo

अध्यक्ष पद प्रचण्डलाई दिन दबाब (भिडियोसहित)



काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाभित्र शिर्ष नेताहरुको कार्यविभाजनको विषय फेरि बल्झिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्माओली स्वस्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्के लगतै दुइअध्यक्षको जिम्मेवारीका बारे बहस चकिएको हो ।

विगतदेखि नै एक अध्यक्षले सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्षले पार्टीको जिम्मेवारी समाल्हने गरी कार्यविभाजन हुनुपर्नेमा पुर्वएमाले पक्ष र पुर्वमाओवादी पक्षमा बाडिएर नेताहरु बहस गर्न थालेका छन ।

केही महिना अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व दुइअध्यक्षले आलोपालो गर्नेगरी सहमती भएको विषय बाहिर ल्याएपछि उक्त विषयले नेकपाभित्र निकै ठुलो हलचल ल्याइदियो । लामो समयसम्म बहसको विषय बनेको उक्त विषय नेकपाभित्र फेरि बल्झीएको छ ।

प्रधानमन्त्री ओलीले उपचारको क्रममा सिंगापुरमै रहेका बेला आफु निकटका नेता एव्म पार्टीका महासचिव विष्णु पौडेल र उपाध्यक्षको जिम्मेवारी दिएका नेता बामदेव गौतमलाई सिंगापुरमै बोलाएपछि यो विषयले पनि नेकपाभित्र विभिन्न शंकाआंशका उब्जाएको छ । १५ महिना अघि पार्टी एकता हुंदा दुई अध्यक्षले सरकारको आलोपालो गर्ने ५ बुंदे सहमती समेत गरेका थिए ।

तर सहमतीपत्रमा हस्ताक्षर गरी साक्षीको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलले नै सहमतीको बारे आफुलाई कुनै जानकारी नै नभएको बताउन थालेका छन ।

पुर्वमाओवादी पक्षका नेताहरुले भने सहमति पालुना हुनुपर्नेमा जोड दिदै आएका छन् । दुइ पार्टीविच एकता भएपनि एकताको बांकी काममा ढिलाइ हुनु, सानो सानो कुरामा पनि नेताहरु आरोप प्रत्यारोपमा उत्रनुले राम्रो संकेत नदेखाएको नेकपाका नेता मणि थापा बताउँछन् ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ओली सिंगापुरबाट पर्किएलगतै १५ दिनदेखि अलपत्र परेको पार्टीको बांकी कामहरु सुचारु हुने अपेक्षा गरिएको छ ।

तर एक व्यक्ति एक पद हुनुपर्ने भन्दै ओलीले अध्यक्ष छोड्नुपर्ने दबाब बढिरहेको छ । दाहाल नै एकले पार्टीको पुर्णरुपमा जिम्मेवारी सम्हाल्ने र अर्को ले सरकारको नेतृत्व गर्ने गरी शक्ति बांडफांड गर्ने पक्षमा हुनुहुन्छ । बरिष्ठ पत्रकार एव्म राजनितिक विश्लेषक यूवराज घिमिरेले विगत १३–१४ बर्ष यता नेपालका कुनै पनि राजनितिक दलहरु संविधान र आफ्नो पार्टीको विधान अनुसार चल्न नसकेका कारण आन्तरिक समस्या बल्झिने गरेको बताउँछन् ।

अध्यक्ष ओली शुक्रबार नियमित काम गर्न सक्ने गरी स्वस्थ्य भएर नेपाल फर्के सगै महिनौदेखिको पार्टी एकताको बांकी काम सकाएर देशभर अभियान सन्चालन गर्ने तयारीमा जुटेका छन् । तर दाहाललाई कसरी मनाउने भन्ने मुख्य चुनौति देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्