Logo

दशैँमा महङ्गी : अहिलेदेखि नै विचौलियाको चलखेल



काठमाण्डौ । दशैँ, अझ भनौँ विजया दशमी आउन ठिक एक महिना छ । नेपालीहरुको सबैभन्दा ठूलो मानिने पर्व दर्शै नजिकिएसँगै बजार अस्तव्यस्त हुने गर्दछ । कालोबजारी, अभाव र मूल्यवृद्धि हरेक वर्ष चाडपर्वका बेला देखिने समस्या हुन् ।

यस वर्ष पनि बजारमा चाडपर्वको संकेत देखिन थालेको उपभोक्ताको गुनासो छ । व्यापारीहरुले पनि खाद्यान्नको मूल्य जुनसुकै बेला बढ्न सक्ने बताएका छन् ।

दशैं नजिकिँदै जाँदा खाद्यान्नको माग र मूल्य दुवै बढेको छ । प्रत्येक वर्ष दशैको समयमा बजारमा सामानको मूल्य बढने हुँदा सर्वसाधारण मारमा पर्ने गरेका छन ।
अबको ठीक एकमहिना दशै छ ।

दशैको नाममा अहिले बजारमा सामानको किनबेचमा व्यापारीहरुले मनपरी गर्ने गरेका छन् । व्यापारीहरुले चाडपर्वको नाममा उपभोतmाहरुलाई ठगिरहेका छन् । विशेष गरेर दशैंमा धेरै माग हुने खाद्यान्न अभाव सृजना गर्नेदेखि कालोबजारी र मूल्यवृद्धि गर्ने साना–ठूला व्यापारी नै हुन् ।

यसपटक पनि खुद्रा व्यापारीहरु मूल्यवृद्धि हुन्छ भनेरै तयारीका साथ बसेको पाइन्छ । आफूहरुले खरिद गर्दा नै मूल्यवृद्धि हुने संकेत पाएको व्यापारी बताउँछन् ।

त्यसो त सबै व्यापारीको मत एउटै छैन । होस् पनि कसरी । नेपालमा जुनसुकै वस्तुको वैज्ञानिक ढंगले निर्धारण हुँदैन । रातारात कुन वस्तुको मूल्य कति पुग्छ न बेच्नेलाई थाहा हुन्छ, न किन्नेलाई ।

अनियन्त्रित बजारका कारण मर्कामा पर्ने उपभोक्ता नै हुन् । आज ५० रुपैयाँमा खरिद गरेको वस्तु भोली १०० रुपैयाँ नपुग्ला भन्न सकिदैन । दशैँ नजिकिएसँगै वस्तुको मूल्य वृद्धि भइसकेको उपभोक्ताको गुनासो छ ।

तर सरकारले बजार अनुगमन र दोषीलाई कारबाही गर्न नसक्दा उपभोक्ता चिन्तित छन् । सरकारले मुहानमै सफा गर्ने गरी बजार अनुगमन गर्ने बताए पनि प्रभावकारी हुन सकेको छैन ।

उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको हो ।



प्रतिक्रिया दिनुहोस्