Logo

अवतरण हुनै लाग्दा यसरी चन्द्रलोकमा हरायो भारतको विक्रम ल्यान्डर (भिडियोसहित)



बैगलोरस्थित इसरोको नियन्त्रण कक्षमा सबैजना उत्साही देखिन्थे । वैज्ञानिकहरु चन्द्रमामा ल्यान्डर अवतरण गरेको हेर्न लालायित थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि कक्षमा पुगेर अवलोकन गरिरहेका हुन्छन् ।

चन्द्रमामा अवतरण गर्न मात्र केही मिनेट बाँकी थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो देशको गौरवशाली इतिहास निर्माणको खुशी बाँड्न वैज्ञानिकहरुको साथमै थिए । धड्कन बढिरहेको थियो । तर, चन्द्रमामा ओलर्न मात्र २ं.१ किलोमिटर दूरीमा विक्रम सम्पर्कविहिन भयो ।

यान डेढ महिना अघि प्रक्षेपण गरिएको थियो । पृथ्वीको अक्षबाट चन्द्रमाको अक्षमा पुग्न निकै ठूलो जोखिम पार गरेको थियो । चन्द्रमाको नजिक बढ्दै गएको यानबाट ३ सेप्टेम्बरमा विक्रम ल्यान्डर अलग भएर चन्द्रमातर्फ बढेको थियो । प्रतिघन्टा ६०४८ किलोमिटर गतिमा रहेको विक्रम ल्यान्डरले गति घटाएर प्रतिघन्टा ७ किलोमिटर कायम गर्नुपथ्र्यो । त्यसैमा चुक्दा ल्यान्डर सम्पर्कविहिन भयो ।

ल्यान्डर सम्पर्कविहिन भएपनि मुख्य अन्तरीक्षयान सुरक्षित छ । यसैबाट विक्रम ल्यान्डर अलग भएर चन्द्रमातर्फ बढेको थियो । अन्तरीक्षयानले चन्द्रमालाई एक वर्षसम्म परिक्रमा गरिरहनेछ । भारतीय अन्तरीक्ष केन्द्र इसरोले २३७९ किलोग्राम तौलको यान चन्द्रमाको अक्षमा रहेर काम गर्नेछ ।

प्रज्ञान रोभर बोकेको विक्रम ल्यान्डर चन्द्रमामा सफल अवतरण गरेको भए भारत चन्द्रमामा यान अवतरण गराउने चौंथा राष्ट्र बन्थ्यो । अवतरण गरेको भए उसले केही परीक्षण गरी पुनः पृथ्वीमा फर्कने योजना थियो ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्