Logo

रेल सेवा सञ्चालन गर्न बाढी बन्यो बाधक



काठमाडौं, भदौ २२ । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको समाचार सार्वजनिक भएको छ ।

सरकारले उच्च प्राथमिकता दिएर जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लिक बिछ्याउने काम सम्पन्न गरिसकेको थियो । रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बाढीले लिकमा क्षति पुर्याएका कारण तत्काल सेवा सञ्चालन नहुने जानकारी दिए ।

रेल चलाउन विभागले ८५ करोड रुपैयाँमा दुई आधुनिक रेल खरिद गर्दैछ । भारतको कोणर्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरी आगामी कार्तिकबाट रेल चलाउने लक्ष्य सरकारको छ । आजको नागरिक दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्