Logo

लिलाम हुन सकेन निगम



काठमाडौं, भदौ २२ । नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ गण्डकी दोस्रो पटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका कारण विमान लिलामहुन नसकेको हो ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रकाअनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्ताव कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुवै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् ।निगमले यसअघि असार ११ गते ३० दिनको लिलामी सूचना जारी गरेको थियो ।

निगमले पहिलोपटक सूचना जारी गर्दा अल्फा चार्ली ब्राभो कलसाइनको उक्त जहाजको ६१ करोड र त्यसका ६०० हाराहारीका स्पेयर्स पाट्र्ससमेत गरी रु ८७ करोड न्यूनतम मूल्य तोकेको थियो ।आजको कान्तीपुरमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्