Logo

अमिताभ बच्चनले सोधे सँसारको एकमात्र पृथक आकारको नेपालको झण्डाबारे प्रश्न



कौन बनेगा करोडपतिमा बलिउडका महानायक अमिताभ बच्चनले सँसारको एकमात्र फरक आकारको झण्डाबारे प्रश्न सोधे । बालाजी सौदार माने हट सिटमा बस्ने वित्तिकै उनले दुई कोण आकारको एकमात्र सँसारको भण्डा कुन देशको हो भनी सोधे ।

बालाजीले सोझै उत्तर दिए नेपाल । झण्डाका कारण नेपालको परिचय अझ प्रभावकारी देखिएको छ । सँसारमा नेपालको मात्र झण्डा पृथक आकारको छ । अन्य देशको झण्डा आयाताकार र वर्गाकार रहेको छ ।

बालाजीले खेलमा साउदी अरेबिया उत्तर दिंदा साँढे १२ लाख जिते । राजकुमार मोहम्मद विन सलमानको देशको नाम साउदी अरब भन्दा बालाजी सौदार मानेले उक्त रकम जितेका हुन् । अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपतिमा बालाजीले सावधानीपूर्वक खेलेका थिए ।

बच्चनले सन् २०१९ को फेब्रुअरीमा भारतको भ्रमण गर्ने मोहम्मद विन सलमान कुन देशका राजकुमार हुन् रु भनी सोध्दा बालाजीले साउदी अरेबिया भनेका थिए । प्रिन्टिङ प्रेसमा डिजिटल र फ्लेक्स ब्यानर टाँस्ने गर्दै आएका बालाजी आर्थिक अभावका कारण चार्टर एकाउन्टेन्ट पढ्न सकेका थिएनन् । मासिक मात्र सात हजार भारतीय रुपैयाँ आम्दानी गर्ने उनले जितेको रकम आफ्ना बालबालिकाको सुन्दर भविष्यका लागि खर्च गर्ने बताए ।

कौन बनेगा करोडपतिमा फेरिक एकपटक नेपालको नाम आएको थियो । विगतमा पनि माधवकुमार नेपालसँग सम्बन्धित प्रश्नमा एक व्यक्तिले ठूलो धनराशी जितेका थिए । Photo Source: KBCliv



प्रतिक्रिया दिनुहोस्