Logo

डेंगुबाट बच्न झोल पद्धार्थ खानुहोस्-डा. वासुदेव पाण्डे



सरुवा रोग विशेषज्ञ समेत रहेका डा. वासुदेव पाण्डेले डेंगु रोग सर्ने कारण र रोगको उपचारबारे जानकारी दिएका छन् । उनीसँग सर्वसाधारणको हितमा ध्यान दिई ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः

डेंगु रोग कस्तो हो ?
डेंगु रोग भनेको भाइरल डिजिज हो । भाइरसबाट लाग्छ । यो दुई खालको हुन्छ । एउटा साधारण डेंगु जसमा ठूलो ज्वारो आउँछ । अनि टाउको दुख्छ खासगरी आँखाको ओरिपरि । साथै शरीरमा साना बिमिराहरु देखिन्छन् । शरीरका सबै भाग जोडले दुख्छ । अर्को अलि जटिल खालको हुन्छ । यसका यी तीनवटा लक्ष्यणका साथै शरीरमा निलडामहरु हुने, नाक, मुखबाट रगत आउने, दिशा, पिसाबबाट रगत आउनेलगायतका लक्षण देखिने गम्भीरखालको डेंगु रोग हुन सक्छ ।
यो रोग कसरी सर्छ ?
एकखाल लामखुट्टे हुन्छ जसले डेंगु रोग लागेको मान्छेलाई टोकेर अर्को व्यक्तिलाई टेक्यो भने सर्छ । यो एक मानिसबाट अर्कोमा सर्ने रोग होइन । एकै ठाउँमा बस्दैमा, खाना खाँदैमा, हात मिलाउँदैमा सर्दैन । खास गरी लामखुट्टेको टोकाइबाट सार्ने रोग हो ।
यसको उपचार पद्दति कस्तो छ ?
साधारण खालको डेंगु लागेको छ भने घरैमा जीवनजल लगायतका झोल पद्धार्थ पिउने । ज्वारो घटाउनका लागि प्यारा सिटामोल खाने । त्योभन्दा गम्भीर खालको छ भने स्वास्थ्य संस्थामा गएर डाक्टरको सल्लाह अनुसार गर्ने । यसमा बुझ्नुपर्ने के हो भने डेंगु रोगको अरुको यस स्पेसल एन्टी भाइरल छैन । यसमा लक्षण अनुसार साधारण औषधि खाने हो । झोलपदार्थ प्रशस्त रुपमा खाने । प्यारा सिटामोल खाने । घरैमा बसेर उपचार गर्न सकिन्छ । कहीलेकाही रगत कम भएर जाने भएका प्टलेट दिनुपर्ने पनि हुन सक्छ । नत्र डेंगु लागेमा झोल पदार्थ खाने ज्वारो घटनाउने उपय गर्ने त्यति मात्रै हो ।
यसको प्रकोप कत्तिको छ ? बाहिर हल्ला गरेजत्तिकै हो कि ?
केही हिमाली जिल्लाबाहेक सबैमा यसको प्रकोप देखिएको छ । रोग नियन्त्रण महाशाखाको डेटाअनुसार ४२ जिल्लामा भनिन्छ । कहाँसम्म हो भनेर अहिलेसम्म एकिन छैन । ६० जिल्लाभन्दा माथि नै पुगिसकेको हुनुपर्छ । यो अहिले एउटा प्रकोपकै रुपमा पैmलिएको छ । यसको नियन्त्रणको लागि तिनैतहका सरकार र सम्बन्धित पक्ष लामखुट्टे नियन्त्रणमा लाग्नुपर्छ ।
चार जनाको मृत्युृ भयो भनिएको छ, नेपालमा डेंगु ह्वात्तै बढेको हो ?
ह्वात्तै बढेको हो । खासगरी काठमाडौंका विभिन्न भागमा यसको प्रभाव बढेको छ । हिजो मात्रै ३५० जनाको जाँच गर्दा १७५ जनामा ड्यागोको संक्रमण देखियो । यो १ दिनको तथ्यांक हो । चार जनाको मृत्यु भन्नेमा अरु रोगबाट पीडित थिए । त्यसमा चाहिं डेंगु नै भन्न गाह्रो छ । यो रोग लाग्ने बित्तिकै मृत्यु नै हुने भन्ने एकदमै न्यून हुन्छ । बढी हल्लाले पनि हुनलागेको पर्यटन वर्षलाई पनि असर पार्न सक्छ ।
डेंगुबाट बँच्न के गर्ने ?
यो रोग सार्ने लामखुट्टे खास गरेर घरमा भएको सफा पानी, खाल्डाखुल्डीमा जमेको पानी, पानी राख्ने भाँडा, गमला लगायतमा बस्ने भएको त्यस्ता ठाउँहरु राख्नुभएन । खाल्डाखुल्डी पुरेर सफा गर्नुप¥यो । खास गरी लामखुट्टेबाट बँच्ने । यरकुलर छ त्यसको पानी बेलाबेलामा फेर्नुप¥यो । खासगरी घरवरिपरि सरफाइ गर्नुपर्छ । ओडोमोस लगाएर बस्नुपर्छ । डेंगु रोग लागेको थाहा भयो झुल राखेर उपचार गर्नुपर्छ जब कि त्यो व्यक्तिबाट अर्को व्यक्ति लामखुट्टेको टोकाइबाट नसरोस् । जटिलखालको डेंगु लागेको थाहा भयो स्वास्थ्य संस्थामा गएर डाक्टरको सल्लाह बेमाजिम गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्