Logo

सर्वहाराको कुरा गर्नेले हलियालाई बेवास्ता गरे-हरि सिल्पाली



हलिया मुक्ति आन्दोलनका अभियन्ता हरि सिल्पालीले हलियाको अधिकारका लागि सरकार उदासीन रहेको आरोप लगाए । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः

हलियाहरुको समस्या समाधान भएको होइन ?
सर्वप्रथम त यो हलिया मुक्ति दिवसको अवसरमा सम्पूर्ण ललिया आन्दोलनका अभियन्ताहरुमा धन्यवाद दिन चाहन्छु । हलियाहरुलाई नेपाल सरकारले पुनस्थापनाको कुरा अगाडि बढाएको हो । पुनस्थापन हुन सकेको छैन । परिचय–पत्र पाउन बाँकी नै छ । हलियाहरुलाई जग्गा वितरण, घरनिर्माणलयातका विषय बाँकी छन् । अहिलेसम्म हलियाको समस्याहरु ज्यूकात्युँउ छन् । हलियाहरुले आज मुक्ति दिवस मनाइराखेको अवसर छ । जसरी २०६५ सालमा हलिया मुक्तिको लागि सरकारसँग सम्झौता भएको थियो त्यो अनु्सार अगाडि बढ्न सकेको छैन ।
हलियाहरुसँग भएको सहमति सरकारले कार्यान्वयन गरेन ?
वास्तवमा पाँच बुँदामा सहमति बनाएर अगाडि बढाएको थियो । पुनस्थापनादेखि जग्गा वितरण, घरनिर्माणको निर्देशन दिएको थियो सो अनुसार सरकारले अगाडि बढाउन सकिराखेको छैन ।
हलियाहरुले पुरानै काम गर्नुपर्ने वाध्यता छन् कि पेशा छोडिसके ?
जसरी सरकारले उनीहरुलाई जग्गा दिने कुरा गरेको केहीलाई दिएको छ । घर मर्मत निर्माणको कुरा थियो । केही जग्गा दिने, घर निर्माण र मर्मत बाहेक अरु काम भएको छैन । जसरी हिजो विभिन्न सीप विकासको तालिमि, रोजगारीमा अवसर, वैदेशिक रोजगारीको व्यवस्था, राजनीतिकमा समावेशीको अवसर लगायतका कुरा थिए त्यो भएको छैन ।
हाम्रो देशमा हलियाको संख्या कति छ ?
वास्तमा मेरै कार्यकालमा शान्ति मन्त्रालयबाट लिएको तथ्यांक १९ हजारमाथि थियो । नेपाल सरकारले यसलाई संशोधन गराएर १६ हजारमा झार्यो । अहिले पनि छुट हलियाहरुको समस्या जहाँको त्यही छ । उनीहरुले जग्गा पाउनुपर्ने कुरा थियो त्यो पाएका छैनन् । दिइएकोमा पनि दुई, तीन, पाँच धूर, कसैलाई आधा कठठासम्म जग्गा दिइएको छ । जहाँ घर निर्माणको कुरा गरेको थियो । त्यो बनाउन सकिराखेको छैन । केही जिज्जा बाहेक अहिलेको र पहिलेको त्यति चासो दिएको छैन । यसमा अझ कर्मचारीतन्त्रको ढिलासुस्ती र आलटालका कारण जुन लक्ष्यअनुसार काम हुनुपर्ने थियो त्यो अहिले पनि हुन सकिराखेको छैन । बाजुरा, बैतडी, दार्चुलालगायतका ठाउँमा हलियाहरु छुट छन् । उनीहरु प्रमाणिकरण हुन सकेका छैनन् । हलियाका बालबच्चहरु स्कुल जानबाट बन्चित छन् ।
सर्वहाराको कुरा गर्ने कम्युनिष्ट सरकार हुँदा पनि उनीहरुले किन सुविधा पाएनन् ?
यही मलाई आश्चर्य लागेको छ । सरकारले चाहेको भए यी हलियाहरु पुनस्थापना दुई वर्ष पहिल्यै भइसक्नुपर्ने हो । उनीहरुलाई जसरी पुनस्थापना गर्नुपर्ने थियो त्यसमा सरकारमा बस्नेहरु र कर्मचारीहरुको चासो र चिन्ता देखिएन । त्यसै हलियाहरु अहिले पनि नारकीय जीवन बिताउन वाध्य छन् । उनीहरु अहिले सरकारप्रति निराश पनि छन् ।
यसबारेमा भूमिसुधार मन्त्रीले कुरा गर्नुभएको छैन ?
मन्त्रीजीलाई भेट्दा उहाँले यो विषयमा कुरै नगर्नुहोस् । नेपालमा हलियाहरुको समस्या समाधान भइसक्यो भन्ने आसयले कुरा गर्नुभयो । उहाँहरुले गाउँगाउँमा आएर हेर्नुप¥यो । एउटा हलिया वर्षौदेखि नारकीय जीवन बिताइरहेको हलियाको न एउटा बास छ, न उनीहरुका बालबच्चाले पढाइलेखाइको सुविधा पाएका छन् । न कुनै अवर पाएका छन् । मलाई लाग्छ अहिलेका मन्त्री, सचिव लगायत सम्बन्धित कर्मचारीलाई हलियाहरुले कसरी जीवन बिताइराखेका छन् भन्ने थाहै छैन । यसको बारेमा कुरा गर्दा मन्त्रीजी उल्टै हलियाहरुको कुरै नगर्नुस् मलाई इरिटेड हुन्छ भनेर इ्रन्कार गर्नुभयो । त्यसकारण अहिले हलियाहरु पुरै निराश छन् । अहिलेको सरकार, भूमिसुधारका कर्मचारी, नेता कसैले पनि यसको बारेमा चासो देखाउनुभएन ।
मुक्ति दिवसमा तपाईहरुका कार्यक्रमहरु के के छन् ?
यसलाई मुक्ति दिवसभन्दा पनि समस्यालाई उजागर गर्ने १२ वटा जिल्लामा अन्र्तक्रिया र र्यालीका कार्यहरु छन् । आज कञ्चनपुरमा हलियाहरुको विशाल ¥याली छ । त्यहाँ प्रदेशका भूमिसुधार मन्त्री पनि उपस्थित हुनुहुन्छ । सरकारसँग हिजो जसरी सहमति भएको थियो । ऋण मिनाह गर्ने, रोजगारी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्यलगायतमा अगाडि बढाउने र न्ययोचित ढंगले पुनस्थापना गर्ने सो काम हुन सकिराखेको छैन ।



प्रतिक्रिया दिनुहोस्