Logo

१८ घन्टा सुत्ने प्रधानमन्त्री चाहिंदैन-रामहरि खतिवडा



नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले सरकारको कडा आलोचना गरे । उनीसँग नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलाले गरेको कुराकानीः
प्रधानमन्त्री स्वस्थ भएर आउनुभयो, कांग्रेसले किन विरोध गरेको ?
हामीले सम्मानीय प्रधानमन्त्रीज्यूको कहिल्यै विरोध गरेका छैनौं । हामी सबै नेपालीको प्रधानमन्त्री त्यसपछि निर्वाचनबाट दुईतिहाई मत प्राप्त गरेका प्रधानमन्त्री । नेपाली जनताले मात्रै होइन, अन्तर्राष्ट्रिय समुदायले पनि यो सरकारबाट ठूलो अपेक्षा गरेको थियो । बोल्दा उखान टुक्का मिलाएर मीठो बोल्ने प्रधानमन्त्री काम पनि त्यसै गरी हुन्छ भन्ने अपेक्षा सबैले गरेका थिए । हामीले वीपी कोइरालाई १८ महिने सरकारको काम र अहिलेको सरकारको १८ महिनाको काम हेर्यौं । यो अवधिमा बोल्ने मात्र भयो काम एउटा पनि भएन । यो नेपाली कांग्रेसको मात्रै होइन नेपालीको चिन्ताको विषय हो ।
प्रधानमन्त्रीले भन्नुभएको छ, देश आर्थिक समृद्धितिर अगाडि बढेको छ ?
आर्थिक क्रान्तिको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्री भरखरै सिंगापुर बस्नु मात्रै भएन होला देख्नुपनि भयो होला । उपचारमा जाने बेलामा उहाँले एउटा सुखद समाचार सुनाएर जानुभयो । उपचार खर्च हामी कसैलाई ब्यहोर्न दिँदैनौं । राज्यले ब्यहोर्दैन भनेर जानकारी गराउनुभयो । वास्तवमा यो खुसीको कुरा थियो । त्यो सँगसँगै उहाँले अर्को कुरा पनि गर्नुपर्छ । उहाँ नेपाल आउनुभएको छ । दुईपटक सिंगापुर जाँदा कति खर्च भयो र त्यो कसले गर्यो आपैmले गर्नुभयो कि सरकारले गर्यो कि, कुनै एनसेल प्रकरण आए कि, ब्यापारी आएकि सुन, जग्गा प्रकरण काण्डका व्यक्ति आएर गरे कि ? त्यो पनि नेपाली जनतालाई छर्लङ्ग पार्नुपर्छ ।
देशको प्रधानमन्त्रीको उपचार खर्चमा तपाईंलाई के आपत्ति ?
यो त राम्रो कुरा । हाम्रो चिन्ता त मुलुकको प्रधानमन्त्री २४ घण्टामा १८ घण्टा सुतेर बस्ने अवस्था भयो भने के हुन्छ । अहिले त १८ घण्टा खटेर काम गर्ने प्रधानमन्त्रीको आवश्यकता छ । दुईतिहाईको सरकार छ । राजनीतिक स्थिरता छ । यतिखेर लगानीको वातावरण सिर्जना गर्नुपर्ने बेला हो । आर्थिक उन्नतिको कुरा गरिएको यो बेलामा प्रधानमन्त्री नै १८ घण्टा अस्वस्थ भएर सुत्ने अवस्था नहोस् । त्यसैले उहाँ एकदम स्वास्थ भएर १८ घण्टा काम गर्ने भएर आउनुभएकोमा खुसी लागेको छ ।
अब मुलुकलाई समृद्धितिर जाने भन्नुभएको थाहा छैन ?
घरमा बसेर उखान टुक्का किताब पढेर । मिठा कुरा र भाषण मात्रै गरेर त विकास समृद्धि हुँदैन । यो मुलुकले सबैभन्दा बढी फाइदा लिने बेला पनि यही हो । हामीले कसैको आलोचना गर्नका लागि मात्रै बोलेका छैनौं । अहिले भनए कहिले हुन्छ ? अहिले नगरे कहिले नगरे कहिले गर्ने ? पार्टी एकीकरण गर्नुभएको छ । दुईतिहाईको सरकार छ । त्यति मात्रै भएन तराईका पार्टीहरु पनि सरकारमा आएर सहयोग गर्नुभएको छ । हामी पनि सभ्य प्रतिपक्षी भएर १८ महिनासम्म कांग्रेसले घेराउ गरेर काम गर्न दिएन भन्छन् भनेर चुपचाप बसिराखेका छौं । अहिले पनि उहाँले नगरे कहिले गर्ने ? अहिले हामी त्यो स्थानमा भएको भए उहाँ दुईतिहाईको सरकार हुँदा पनि सरकारले केही गरेन भनेर उहाँहरु सडकमा गइसक्नुहुन्थ्यो ।
कांग्रेसले पनि विरोध गरिसक्यो सडकमा जाने भनिरहेको छ ?
हामीले विरोध गरेका छैनौं । एउटा नेपाली जनताका हकअधिकारहरु कुण्ठित हुन थाले भने नेपाली कांग्रेसले जहिले पनि विरोध गर्छ । वाध्य भएपछि मात्र विरोध गर्ने हो । मिडियासम्बन्धी विधेयकमा हामीले आवाज उठायौं, पत्रकार साथीहरुले आवाज उठाउनुभयो । पत्रकारलाई अंकुश लगाउने, मानवअधिकार विधेयकलाई आफ्नो अनुकूल महान्यायाधिवक्ताको अंकुशमा ल्याउने काम गरेको थियो । सेनालाईसमेत प्रधानमन्त्रीको इन्टेन्सनमा काम गर्ने विधेयक ल्याइएको थियो । यी कुृराहरुमा हामीले विरोध गरेका हौं । यसलाई सच्याउन सरकार वाध्य भयो । सालिन ढंगले विरोध गर्दा राम्रो कुरा गर्दा सच्याउन सकिँदो रहेछ भन्ने प्रमाण हो । हामीले एउटा मात्रै काम गरेनौं । कुर्सी भाँच्ने, संसद्मा लछारपछार गर्ने, माइक भाँच्ने । यो सरकारको १८ महिने कार्यकालमा महंगी ह्वात्तै बढेको छ । सुशासन कायम हुन सकेन, आर्थिक अनिमितता धेरै भए, भ्रष्टाचार बढेर गयो, जनताले शान्तिसुरक्षाको अनुभूति गर्न पाएनन्, सरकार छ जस्तो भएन, कानुनी राज्यको उपहास भएको छ । यसरी जनतालाई नंग्याउने काम भएकाले उनीहरुलाई जागृत गराउने कार्यक्रम कांग्रेसले लिएर आएको छ ।
तपाईंहरुले पार्टीको आन्तरिक व्यवस्थापन गर्नुभयो ?
प्रजातान्त्रिक पार्टीमा वादविवाद हुन्छ । जनतालाई एकताको सन्देश दिन केन्द्रीय कार्यसमिति बैठक बस्यौं । हामीले ७७ वटै जिल्लामा प्रतिनिधिहरु पठाएर जागरण अभियानको सुरुवात गर्यौं । त्यहाँ हामीले कुन गुट, जात, समहू, वर्ग, समुदाय भनेनौं । हामीले राम्रो काम गर्दागर्दै कसरी कांग्रेस पछाडि प¥यो भनेर केन्द्रमा रिपोर्ट बुझायौं । अब हामी वीपी जयन्तीको उपलब्ध पारेर सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु पठाउँदै छौं । रिपोर्ट पनि आउँछ अनि ७५३ वटै स्थानीय तहमा केन्द्रीय प्रतिधिहरु पठाउऔं । त्यसपछि कांग्रेसलाई कसरी एकतावद्ध, सशक्त बनाउँन सकिन्छ भनेर पहल गछौं । एकताको सन्देश पनि अब कांग्रेसले वीपी जयन्तीको दिनबाट दिएर एउटा उत्साह पैदा गर्छ । भारतमा वीजेपीको सरकार छ, ऊ भारतको सबै वडामा पुगेको छैन । कतिपय ठाउँमा सून्य छ । अमेरिकामा पनि ट्रम्प सबै ठाउँमा पुगेका हुँदैनन् । कांग्रेस नेपालमा एउटा यस्तो पार्टी हो जो हरेक गाउँगाउँ पुगेको छ । प्राधिक रुपमा हामीले चुनाव हा¥यौं होला दुईवटा पार्टी मिलेर सैद्धान्तिक रुपमा जित भएको छ । बहुदल नमान्नेलाई बहुदलवादी, गणतन्त्र नमान्नेलाई गणतन्त्रवादी बनाएका छौं । प्रतिस्पर्धाा नस्वीकार्नेलाई बहुदलीय प्रतिस्पर्धावादी बनाएका छौं । लोकतन्त्र, कानुनी र विधिको शासन नमान्नेलाई त्यसमा ल्याएका छौं । अब पार्टीभित्र गुट–उपगुट, मेरो र मेरोभन्दा पनि राम्रो र हाम्रो मान्छेलाई ल्याएर एकढिक्का भएर सशक्त रुपमा लागेका छौं । अब नयाँ सन्देशसहित कांग्रेस अगाडि बढ्छ ।



प्रतिक्रिया दिनुहोस्