Logo

कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर



काठमाडौं, भदौ २२ । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ ।

नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा परेको ऋणीको संख्या आर्थिक बर्ष २०७५–७६मा अधिल्लो आर्थिक बर्षको तुलनामा शतप्रतिशतभन्दा बढेर २८४२ पुगेको छ । आर्थिक बर्ष २०७४–७५ मा १३३५ ऋणी कालोसूचिमा परेका थिए ।

बैंक तथा विक्तिय संस्थाको १० लाख भन्दा माथिको ऋण नतिरेकालाई सम्बद्व संस्थाको सिफारिशमा कर्जा सुचना केन्द्रले कालोसूचिमा राख्ने गर्दछ ।

कालोसूचिमा परेका ऋणीहरुले सो सूचिबाट नहटेसम्म बैंक तथा विक्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था गरिएको छ । कर्जा सूचना केन्द्रका अनुसार कालोसूचिमा पर्ने अधिकांश ऋणीहरु कम्पनी प्रयोजनकालागि कर्जा लिएका तर पैसा नतिर्नेहरु रहेका छन् ।

एकै आर्थिक बर्षमा कालोसूचिमा पर्ने ऋणीहरुको संख्या दोब्बर हुँदा बैंकहरुले निस्क्रिय कर्जा बढ्दै गएको आशंका अब्जिएको छ । आजको आर्थिक अभियान पत्रिकामा ममता थापाले खवर छापेकी छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot