Logo

प्रधानमन्त्रीको स्वास्थ्यबारे बोल्ने गगन थापालाई कामना छ कहिले विरामी नपर्नुहोस्- विष्णु पौडेल



नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री विष्णु पौडेलले नेकपाको आन्तरिक राजनीतिक र देशको समग्र परिस्थितिबारे तर्कहरु राखेका छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः

वामदेव गौतम र तपाईं सिंगापुर जानुभयो प्रधानमन्त्रीले किन बोलाउनु भएको रहेछ ?
कसले भन्यो प्रधानमन्त्रीले बोलाउनुभयो भनेर ।
तपाईहरु जानुभयो नि प्रधानमन्त्रीले बोलाएर ?
बाहिर बजारमा के के चर्चा हुन्छ त्यसलाई टिपेर प्रश्न किन गर्नुहुन्छ ? जे–जे सडकमा चर्चा हुन्छ त्यसैलाई टिपेर प्रश्न बनाउने होइन नि तपाईं जस्तो पत्रकारले । पार्टीको अध्यक्ष उपचार हुनुहुन्थ्यो भेट्न गयौं । यसलाई उहाँले बालाएर जानुभयो भन्ने चर्चापरिचर्चा किन हुन्छ ?
तीन दिनपछि प्रधानमन्त्री नेपाल फर्कँदै हुनुहुन्थ्यो तपाईहरु किन जानुभयो ?
उहाँ नेपाल फर्कँदै हुनुहुन्छ त उपरर अवस्थामा हामीले भेट्न जानुहुँदैन ? म मेरो पार्टीको अध्यक्ष, मुलुकको प्रधानमन्त्रीलाई भेट जानु नहुने ? अर्का वामदेव कमरेडले भेट्न जानुनहुने ? त्यसको पनि कारण खोजिनुपर्ने । विरामी भेट्न जाँदा पनि कारण चाहियो । उपचारको अवस्था उहाँको स्वास्थ्यलाभको कामना गर्न जानुनहुने के भएको हाम्रो सोसाटी ।
पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापनको लागि तपाईंलाई त्यहाँ बोलाउनुभयो ?
आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न सिंगापुरमा मात्रै ठाउँ छ ? अन्त बसेर छलफल गर्न पाइँदैन ?
हाम्रो देशको राजनीतिमा सिंगापुर, हङकङ, बेइजिङ, भारतमा मात्रै चर्चा हुन्छ नि ?
चर्चा त कहाँकहाँ हुन्छ हुँदै गर्दछ । तर, यस्ता आधारहीन प्रश्नहरु गर्नु उचित होइन । यसमा मानवीय संवेदनाको पनि कुरा छ । मलाई दुःःख लाग्छ सुन्दा । मानवीय दृष्टिकोणले सुन्न पनि नसकिने । अभिव्यक्तिहरु पनि कतिपय जिम्मेवार मानिसहरुले गरे भन्ने सुन्छु । लज्जाबोध हुन्छ कस्तो खालको संस्कृति निर्माण गर्न खोज्दैछौं । मुलुकको प्रधानमन्त्री उपचारत हुनुहुन्छ । कोही मान्छे विरामी हुँदैन । कोही मान्छे विरामी प¥यो उसले पदबाट राजीनामा दिनुपर्ने । पद छोडिदिनुपर्ने । यस्ता खालका अभिव्यक्ति दिएर हिड्ने विरामी स्वास्थ्य लाभको कामना गर्न जाँदा अनेक खालका चर्चापरिचर्चा आउँँछन् ।
विष्णु पौडेल र वामदेव गौतमलाई पार्टीको जिम्मेवारी दिन चाहनुहुन्छ त्यसको लागि तपाईंहरुलाई सिंगापुर बोलाइयो ?
नेपाल कम्युनिष्ट पार्टी बुझ्दै नबुझ्नेहरुले गर्ने टिप्पणी हो । नेपाल कम्युनिष्ट पार्टी आफ्नो वैधानिक प्रवन्धअनुसार सञ्चालित हुन्छ । कसलाई के जिम्मा दिने संस्थागत ढंगले छलफल गरेर टुंग्याउने विषय हुन् । सिंगापुरको हस्पिटलबाटै जिम्मा दिनुपर्ने भन्ने टाइपका सोचाइ छन् यो गलत कुरा हुो ।
केपी ओलीलाई तपाई र वामदेव गौतमले पार्टी अध्यक्ष बनाउन महन्वपूर्ण भूमिका निर्वाह गरेको मान्छे हो नि ?
केपी ओलीलाई पार्टी अध्यक्ष बनाउन चाहना राखेको मैंले । उहाँ पार्टी अध्यक्ष हुनुभयो । त्यो अभियानमा लाखौं कार्यकर्ताहरु थिए, त्यसमध्येको एउटा म हुँ ।
नेकपामा धेरै क्याम्प छन् आज विष्णु पौडेल र वामदेव एउटै क्याम्प छन् सही हो ?
क्याम्प कहाँ छ ?
एउटा प्रधानमन्त्री केपी शर्मा ओलीको गु्रप, अर्को वामदेव गौतमको ग्रुप, अर्को माधव नेपालको ग्रुपुलगायत छन् नि ?
लगत कुरा । नेपाल कम्युनिस्ट पार्टी गुटहरुको फेडरेसन होइन ।
गुटहरुको कम्पनि हो नेकपा ?
नेपाल कम्युनिष्ट पार्टी सुन्तलाको केस्राकेस्रा बनेर छुट्टिने होइन । नेकपा स्याउ जस्तो हो । हामीले यसलाई स्याउ जस्तो पार्टी बनाउन चाहेका छौं । मैले बारम्बार भन्ने गरेको छु । पार्टीमा दुईवटा चिज एकसाथ बन्दैन । गुट बनाउँदा पार्टी बिग्रन्छ, पार्टी बन्छ गुट बिग्रन्छ । दुईमध्ये एउटा चिज रोज्नुपर्ने हुन्छ । यदि कोही नेता बन्न चाहन्छ भने प्रश्न के खडा हुन्छ भने गुट बनाउने कि पार्टी बनाउने ? जसले गुट बनाउँछ त्यो व्यक्ति पार्टी विरुद्धमा काम गरिरहेको छ । मलाई भन्नुहुन्छ भने म ‘गुट मुर्दावाद भन्छु, पार्टी जिन्दावाद भन्छु’ । केपी शर्मा ओली गुट हैसियत पार्टी अध्यक्ष भएको होइन ।
पहिला त गुटको नेता हुनुहुन्थ्यो त्यसैमा टेकेर अध्यक्ष हुनुभएको हो नि ?
नितान्त गलत कुरा । कसैले नपत्याउने कुरा गर्नुभयो । गुटलाई प्रसय दिनुभएको छैन ओलीले पार्टीमा अध्यक्षको हैसियत काम गरिरहनुभएको । मुलुकमा प्रधानमन्त्रीको हैसियतले भूमिका निर्वाह गरिरहनुभएको छ ।
माधव नेपालले पार्टीमा गुटको जन्मदाता केपी शर्मा ओली हो भन्नुभएको छ नि ?
खोई कहाँ भन्नुभयो मैंले सुनेको छैन ।
माधव नेपालले त ओलीले एक पद छोडनुपर्छ भन्नुभएको ?
त्यो भन्न पाउने अभिव्यक्ति स्वतन्त्रता छ । फरक मत राख्न पाउने अधिकार छ । आफ्नो विचारलाई पार्टीले मान्य भने त्यो पार्टीको निर्णय बन्छ । पार्टीको निर्णय बनेन भने फरक मत लेखिन्छ । कसैलाई चित्त बुझेन भने फरक मत लेख्न पाइन्छ । हाम्रो वैधानिक व्यवस्था हो नि । फरक मत लेख्नु कुन ठूलो कुरा भयो र ?
यसले त पार्टीभित्र अन्यौलता सिर्जना भएको छ नि ?
पार्टी भनेको यसका निर्णयहरुमा प्रकट हुन्छ । पार्टीको विचारमा, सिद्धान्तमा, निर्णयमा र निर्णयको कार्यान्वयनमा प्रकट हुन्छ । पार्टीलाई बुझन्े त्यसरी हो । पार्टीको वैधानिक र संस्थागत निर्णयमा कुनै नेता, कार्यकर्ताको असहमति रह्यो भने फरक मत लेख्न पाइन्छ ।
माधव नेपालले एक व्यक्ति एक पद भनेको पार्टीको लाइन हो कि होइन ?
पार्टीको लाइन पनि पार्टीको विधानमा पनि छैन । पार्टी एकता गर्ने बेलामा पनि यो कुरा गरिएको छैन । हामीले पार्टी एकता गर्दा जुन विधान अनुसार चलेका छौं त्यसै अनुरुप पार्टी अगाडि बढिरहेको छ । जो अध्यक्ष हुन्छ त्यो प्रधानमन्त्री हुन मिल्दैन, जो प्रधानमन्त्री हुन्छ त्यो अध्यक्ष हुँदैन भन्ने हाम्रो पार्टीको विधान होइन । त्यो विधान सहमतिले निर्माण गरेको हो ।
नेताहरुले त विधानमै छ एक व्यक्ति एक पद भनेका छन् ?
कहाँ लेखेका छ त्यो पल्टाएर हेर्दा भइहाल्छ त्यो कुनै ठूलो कुरा भएन । जुन विचारले अगुवाइ गर्छ उसले नेतृत्व गर्छ । विचार एउटाको अनि नृतृत्व अर्काको हुँदैन । पार्टी एकता पहिलाको कुरा गर्दा केपी शर्मा ओलाीले जिम्मेवारी लिइसकेपछि केही महत्वपूर्ण उपलब्धी हाम्रो आन्दोलनले, पार्टीले आर्जन गरेको छ । पहिलो संविधानसभा असफल भएपछि उहाँले भन्नुभएको थियो ‘यो संविधानसभा चाहिं असफ हुन सक्दैन । यसले संविधान बनाउँछ । संविधान बनाउनका लागि निर्णाय भूमिका निर्वाह गर्नुभयो । संविधान निर्माणका कारण नाकाबन्दीको सामाना पनि गर्नुपरेको छ । कतिपय के भन्थे भने नाकाबन्दीलाई नाकाबन्दी भन्नुहुँदैन है । त्यसो भन्दा अप्ठ्यारोमा परिन्छ । नाकाबन्दी भएको भन्नुहुँदैन भन्ने मान्छे थिए । केपी ओलीले यो नाका बन्दी हो भन्नुभयो ? भूपरिवेष्ठिक देशमा त्यसो गर्न पाइँदैन भने पनि नाकाबन्दी परास्त भयो । नाकाबन्दी अन्त्य गर्न सम्बन्ध बिगार्नु परेन । नेकपा एमाले र माओवादी एकता, निर्वाचनमा सानदार विजयको सफलता, अहिले बनेको सरकार यी सबै उपलब्धी केपी ओलीको सफलता हो । त्यसपछि जसरी पार्टी एकतापछि दुई अध्यक्ष रहने विधानमा व्यवस्था गरेका छौं । यति ठूलो उपलब्धी पार्टीलाई गर्ने नेतालाई गुटको नेताका रुपमा चित्रण गर्नु गलत कुरा हो ।
केपी ओलीको नेतृत्वमा सरकार बनिसकेपछि परिवर्तनको एजेन्डामाथि आक्रमण शुरु भएको किन ?
कम्युनिष्ट पार्टीको सरकार बनेको छ, जसले स्थायित्व स्थिरता दिन थाल्यो । अब मुलुक स्थायित्वतिर जाने भयो भनेर एकथरीलाई छटपटी भइराखेको छ । उनीहरुले स्थिरताको लागि केही गर्न सकिन्छ भनेर कोसिस गरिरहेका छन् । गणतन्त्र, संघीयलगायत सबै आन्दोलनका उपलब्धी हुन् । यो ख्यालख्यालमा खोसिने, नासिने होइन ।
नेपाली कांग्रेसकै नेताहरु भन्न थालेका छन् अब नेपाललाई हिन्दुराष्ट्र बनाउने भनेर ?
कुन व्यक्तिले के आधार बोल्यो भन्ने विषयलाई लिएर कांग्रेसलाई त्यो धारणा बनाउँदैन । कांग्रेसको अफिसियल दृष्टिकोण के हो त्यसका आधारमा कांग्रेसको दृष्टिकोण बनाउने हो । त्यसकारण कांग्रेसले धर्मनिरपेक्षको पक्षमा संघीयताको विपक्षमा र राजतन्त्रको पक्षमा निर्णय गर्छ भन्न खोज्नुभएको ? मलाई त्यो लाग्दैन ।
हिन्दुराष्ट्र नेपाल बनाउनुपर्छ भनेर नेपाली कांग्रेसले अभियान सुरु गरिसक्यो ?
मैंले अघि नै भनिसकेको छु । कुन व्यक्तिले के बोल्यो त्यो अलग विषय हो । तर, पार्टीको आधिकारिक धारणा के हो ? यसलाई त्यसरी हेर्नुपर्छ ।
तर, गगन थापाले प्रधानमन्त्रीले राजीनामा दिएर विश्राम लिनुपर्छ भन्नुभयो नि ?
यस्तो खालको मानवीयरहित अभिव्यक्ति चाहिं नगर्नु राम्रो । जो कोही पनि विरामी पर्छ । म शुभकामना दिन चाहन्छु उहाँलाई तपाईंले जसको नाम उच्चारण गर्नुभयो जिन्दगीमा उहाँ कहिल्यै पनि विरामी नहुनुहोस् । हस्पिटलको मुख देख्नुनपरोस् । एक चक्की सिटामोल खानुनपरोस् । प्रधानमन्त्री विरामी भएर एकाध हप्ता हस्पिटल बस्दा पद छाड्नुपर्छ भन्ने सम्मानित संदनमा अभिव्यक्ति दिनु मर्यादित कुरा हो ? त्यस्तो भन्न मिल्छ ? यो धर्तीमा को त्यस्तो मानिस छ जो कहिल्यै विरामी हुँदै त्यसलाई प्रधानमन्त्री बनाउनुपर्यो । आज प्रधानमन्त्रीका निजी चिकित्सकले प्रेस रिलिज गर्नुभएको छ उहाँको स्वास्थ्यको बारेमा । आफ्नो काम सम्हाल्न सक्नुहुन्छ भनेर आधिकारिक रुपमा बोल्नुभएको छ । क्नै समयमा स्वास्थमन्त्री भएँ भन्दैमा डाक्टरको अध्ययनलाई चुनौती दिने गरी बोल्न मिल्छ ?
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको बारेमा लुकाइएको भन्नेहरु पनि छन् ?
यसप्रकारका अत्यन्त गैरजिम्मेवार, अत्यन्त अनुचित, अत्यन्त अस्वस्थकर, संवेदना सुन्ने अभिव्यक्ति गर्नु राम्रो होइन ।
यो सरकार वाइडवडी, सुन, ललितानिवास गज्जा र मेललम्ची खानेपानी चारवटा काण्डले चुर्लुम्म भ्रष्टाचारमा डुब्यो भन्ने आरोप छ नि ?
यी काण्ड यो सरकारले घटनाका होइनन् । उत्खनन् गरेका काण्ड हुन् । मलाईभन्दा बढी तपाईंलाई थाहा छ । यो खाण्डसँग सम्बन्धित कुनै अभियुक्तले उन्मुक्ति पाउँदैनन् ।
ललितानिवास जग्गा प्रकरणमा त ठूला नेतालाई बँचाउने काम भइराखेको छ रे नि ?
अब हेर्दै जानुस् के हुन्छ ?
दोषीलाई उन्मुक्ति दिने कुरा भइराखेको छ रे ?
गलत कुरा । त्यतातिर जाने जरुरी छैन यो गलत कुरा हो ।
तपाईंको नाम पनि जोडिएको छ नि ?
त्यतातिर गइरहनु परेन नि तपाईंले बुझिसक्नुभएको छ । मैंले त्यसको बारेमा पाल्र्यमेन्टमै बोलिसकेको छु । तपाईले सोधिरहनु र मैले जवाफ दिनु पर्ने विषय होइन यो ।
विष्णु पौडेल निर्दोष हुनुहुन्छ ?
मैले यस विषयमा संसद् जस्तो सर्वोच्च विधायिकामा आफ्नो अभिव्यक्ति राखिसकेको छु ।
त्यो काण्डमा तपाईं संलग्नता छैन भन्न सक्नुहुन्छ ?
मैले भनिकें संसदमै बोलिसकेको छु ।
सबै शीर्ष नेताहरुको नाम जोडियो नि ?
यो सरकारले भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिँदैन ।
वाइडवडी खरिद प्रकरणमा कसैलाई कारबाही भएको छैन ?
सबैलाई कारबाही हुन्छ ।
यो सरकारले भ्रष्टाचारीहरुलाई जेल हाल्छ ?
कानुनसम्मत कारबाही गर्छ ।
त्यो तागत यो सरकारसँग छ ?
छ विलकुल छ ।



प्रतिक्रिया दिनुहोस्