Logo

रोजगार पसल सञ्चालन



बाँके, भदौ २२ । नेपालगञ्जमा शनिवारदेखि रोजगार पसल सञ्चालमा आएको छ । बेरोजगार ब्यक्तिहरुलाई शीप र क्षमताको अधारमा विभिन्न रोजगारी दिने संघसंस्थाहरुकासम्म पु¥याउने उद्देश्यले पसल खुलेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणा र नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले औपचारिक कार्यक्रममार्फत पसल शुभारम्भ गरेका हुन ।

नेपालजञ्जमा अहिले ओटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत संस्था र दक्ष कामदारको माग यो पसलले सहज रुपमा पु¥याउन मद्दत गरेको मेयर राणाको भनाई रहेको छ ।

रोजगार नभएकाहरुलाइ लक्षित गरेर सञ्चालनमा आएको उक्त पसलबाट रोजगारी पाउनमा सहयोग पुग्ने अपेक्षा रहेको छ । सन् २०२० मा स्थापन भई देशका काठममाडौं, इटहरी र पोखराजस्ता शहरबाट पसलले यो सेवा प्रदान गरिरहेको बिजेनस म्यानेजर सञ्जीव निरौलाले बताए ।

हालसम्म देशैभरिबाट १ लाख ५० भन्दा बढी रोजगारभन्दा बढी रोजगार गर्न चाहनेले पसलमा आवेदन दिएको जनाइएकोछ ।



प्रतिक्रिया दिनुहोस्