Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



कास्की, भदौ २२ । अवैध लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३० पिपलडाँली बस्ने शुदर्शन तिवारी रहेका छन् । उनलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, फेनारगन ३५ एम्पुल, नुर्फिन २९ एम्पुल र नाइट्रोभेट १५ ट्याब्लेट सहित २० भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी,सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ बाट नियन्त्रित लागूऔषध नाइट्रोभेट १ सय ४८ ट्याब्लेट सहित हरिवन नगरपालिका ५ बस्ने महिन्द्र महतोलाई २० भदौको राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले महतोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्