Logo

पहेंलो धातु सहित पक्राउ



मकवानपुर, भदौ २२ । सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका १२ बस्ने राधेश्याम कार्कीलाई २० भदौको साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई भिमफेदी गाउँपालिका ६ बाट पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ३२७७ नम्बरको कार जाँच गर्ने क्रममा कारचालक कार्कीलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्