Logo

यात्रुलाई रड हान्ने सहचालक पक्राउ



काठमाडौं, भदौ २२ । रड प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं काडाँघारी बस्ने सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई २० भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी गौशालाबाट चावहिलतर्फ जाँदै गरेको उक्त बसमा भाडाको विषयलाई लिएर विवाद हुँदा सह – चालक गिरीले यात्रु सिंहलाई रड प्रहार गरी घाईले बनाएको खबर पश्चात महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको जनाएको छ । घाइते सिंहको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्