Logo

चोरीपैठारीको सामान बरामद



सुनसरी भदौ २२ । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ । कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट सशस्त्र प्रहरी बलको टोलीले २० भाद्रमा करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।

बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा नम्कली बिल बनाई लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा सशस्त्र प्रहरी बलको टोलीले आवश्यक कारवाहीको लागि सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले २० भाद्रमा करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । सर्लाहीको मधुवनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१९६ नम्बरको यात्रुवाहक बसमा लुकाई छिपाई लैजाँदै गरेको उक्त हार्डवयरका सामान एपीएफ टोलीले सशस्त्र प्रहरी बलको टोलीले सर्लाही जिल्लाको गोडेता नगरपालिका ६ बाट बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्