Logo

चलचित्र “मारुनी”को कमाई कति ?



देशभरी भदौं १३ गते देखि सञ्चालनमा आएको चलचित्र “मारुनी”ले दोस्रो साताको शनिबारसम्म आइपुग्दा करिब १ करोड ८५ लाखको ग्रस कलेक्शन गरेको छ । हिन्दी चलचित्र “साहो”सँग एकै दिन रिलिज भएको उक्त चलचित्रको सुरुवाती दिनहरुमा आशातित व्यापार भएको थियो । अहिले “साहो”को व्यापार कमजोर भएसँगै “मारुनी”ले व्यापार गर्न सफल भएको छ ।

चलचित्रले काठमाण्डौ बाहिरबाट ६५ लाखको ग्रस कलेक्शन गरेको जनाइएको छ । चलचित्र “मारुनी” १ करोड ५५ लाखमा निर्मात्री पूनम गौतमले निर्माण गरेकी हुन् ।

नवल नेपाल निर्देशित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङको मुख्य भूमिका छ । चलचित्रको व्यापारमा कलाकारको स्टारडम भन्दा पनि कथा बलियो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्