Logo

चीनमा शक्तिशाली भूकम्प



चीन, भदौ २२ । चीनमा ५.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । आइतवार वेयुआन काउन्टी (दक्षिणपूर्वी चिनियाँ सिचुआन प्रान्त) मा ५.४ रेक्टर स्केलको भूकम्पम गएको हो । भुकम्प चीनको सिचुआन प्रान्तलाई केन्द्रविन्दु पारी भुकम्प गएको छ । भुकम्पमा परी एक जनाको मृत्यु भएको छ २९ जना घाईते भएका छन् । २० मिनेटको फरकमा ४.३ रेक्टर स्केलको अर्को भूकम्पको धक्का गएको थियो भने यसमा कुनै क्षती नभएको एजेन्सीले जनाएको छ ।

भूकम्पमा परी घाईते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । भुकम्पले करिब १७ ओटा घर नस्ट भएका छन् । २१५ घर क्षतिग्रस्त भएका छन् । घटना स्थलमा खोजी र उद्धार कार्य जारी रहेको छ । भूकम्पको धक्का अन्य शहरहरूमा पनि महसुस गरिएको छ र भूकम्पको कारणले कोङ्क्वककन शहरमा १० भन्दा बढी रेलहरूको प्रस्थान रद्द भएको छ ।

भूकम्पविज्ञका अनुसार सो भूकम्प ६.४२ सुर्योदय समयमा नीजियांग जिल्लाको वेइयुआन काउन्टीमा शहर गएको थियो । भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको चेंग्दु शहरबाट १४१ किलोमिटरको दूरी र १० किमीको गहिराईमा पुगेको थियो । भुकम्पले वरपर रहेका अन्य शहरहरुमा समेत प्रभाव पार्नुका साथै धक्का पनि पुर्याएको बताएका छन् ।

 

तस्विर : एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्