Logo

फेसबुकमाथि मुद्दा



सामाजिक सञ्जाल फेसबुकमाथि मुद्दा दायरी भएको छ । न्यु योर्क अटोर्नी जेनेरल मिस जमेसले फेसबुक उपभोग कर्ताहरुको गोपनियता जोखिममा रहेको दाबी गर्दै फेसबुकलाई मुद्दा हालेको हो । विशवको सबैभन्दा ठूलो सामाजिक सञ्जालले पनि कानुनको पालना गर्नु पर्ने र उपभोक्ताहरूको सम्मान गर्नु पर्ने जनाइएको छ ।

फेसबुकको कार्यहरूले उपभोक्ता डेटालाई खतरामा पारेको छ वा छैन, उपभोक्ताको छनौटको गुणस्तर घटाएको छ वा विज्ञापनको मूल्य बढेको छ कि छैन भनेर निर्धारण गर्न उपकरणको प्रयोग गर्ने र पूर्ण रुपले यसको अनुसन्धान गर्नु पर्ने जनाइएको छ ।

फेसबुकले आफ्नो प्रतिक्रिया दिदै अनलाईन गतिविधि चलाउने उपभोगकर्ताहरुसँग दुई पक्षीय श्रोत रहेको र फेसबुकले आफ्नो प्लेटफर्म जोगाउन उपभोगकर्ताहरुलाई आविष्कार गर्न नसक्ने र यदि रोक लगाउने भए उनीहरुले सजिलैसँग फेसबुक प्लेटफर्म छोड्न सक्ने जनाएका छन् ।

यस अनुसन्धानमा कोलोराडो, फ्लोरिडा, आयोवा, नेब्रास्का, उत्तरी क्यारोलिना, ओहियो र टेनेसीका राज्य अधिकारीहरू रहेका छन् ।

फेसबुकले अनलाइन मित्रहरुसँग कसरी सम्पर्कमा रहने उपभोक्ताहरूले आफै निर्णय गर्ने हुन्, यसमा आफ्नो केहि प्रतित्रियाहरु नभएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्