Logo

यो वर्षको दशैंको टीकाको उत्तम साइत विहान १० बजेर ३५ मिनेट



काठमाडौं, २२ भदौ । यो वर्षको दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको समितिका अध्यक्ष डा रामचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ । असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको गौतमले बताए ।

घटस्थापनाको दोस्रो दिन असोज १३ मा नेपाली सेनाको झण्डा फेर्ने साइत भने बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुने गौतमको भनाइ छ ।

यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्