Logo

मदनवादी पार्टीलाई प्रचण्डद्वारा नेकपामा स्वागत



ललितपुर, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी–मदनवादी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णु प्रसाद ढुंगानाले आज एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराएका हुन् ।

निवास खुमलटारमा अध्यक्ष प्रचण्डले उनीसहित सिंगो पार्टीलाई नेकपामा स्वागत गरे। पार्टीमा स्वागत गर्दै अध्यक्षले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताए ।

उनले नेकपामा समाहित हुने निर्णय सहि निर्णय भएको बताए । राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको उल्लखे गरे । अध्यक्षले भने, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेबारी सबै कम्युनिष्टहरु छ ।’

प्रवक्ता विष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताए ।

हेर्नुहोस् विज्ञप्तिः–



प्रतिक्रिया दिनुहोस्