Logo

नादेझ्दा कप फुटबल : नेपालद्धारा किर्गिस्तान ८–२ ले पराजित



काठमाडौं, २२ भदौ। किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलमा नेपाली महिला टिमले शानदार सुरुवात गरेको छ ।आइतबार भएको खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् ।

यस्तै अनिता बस्नेतले दुई तथा दिपा राई र कप्तान निरु थापाले एक–एक गोल गरिन् । आइतबार नै भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० ले पराजित गरेको छ । नेपाल ३ अंकबाट तालिकाको दोस्रो स्थानमा रहेको छ । उज्वेकिस्तान पहिलो स्थानमा छ ।

राउण्ड रोबिन लिगको आधारमा जारी चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्