Logo

चिनियाँ विदेश मन्त्रीले लगाए काठमाडौंमा तीन फन्को



काठमाडौं, भदौ २२ । चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आईपुगेका छन । उनी सवार बी–८१३५ उडान नम्बर भएको जेट विमान काठमाडौं अवतरणका क्रममा १५ मिनेट होल्डमा परेको छ ।

उनको विमान काठमाडौंमा प्रवेश गरे लगत्तै एकाएक मौसममा प्रतिकुल आएपछि केहि समय विमानस्थल बन्द भएको थियो । विमानस्थल बन्द भएपछि उनले काठमाडौंमो तीन फन्को लगाउनु परेको विमानस्थल स्रोतले जानकारी गराएको छ ।

मौसममा सुधार आएपछि भने उनले अवतरणको अनुमती पाएका थिए । अवतरणको अनुमती ५ बजेर ४२ पाएपनि जहाज भने ५ बजेर ५७मात्रै अवतरण हुन सकेको थियो ।

विमानमा विदेशमन्त्री वाङसहित १६ जना सहित प्रतिनिधिमण्डल नेपाल आईपुगेका छन् । क्याबिन र ककपिट क्रू गरी थप ६ जना छन्। विमान मंगलबार चीन फर्कने छ ।



प्रतिक्रिया दिनुहोस्