Logo

अजिङ्गरले सम्भोग गर्दा घरको छत भ्वांग पर्यो



घरको छत भाँस्सियो । किन भाँस्सियो भन्दा गजबको दृश्य देखियो । छतमा दुईवटा अजिंगर थिए । अजिंगर सम्भोग गरिरहेका थिए । घटना जुलाईको अन्तिम हप्तामा अस्ट्रेलियाको नोर्थ क्वीन्स्लैंडको हो ।

त्यहाँको एक घरमा अजिङ्गरले सम्भोग गरिरहेको दृश्य देखेर मानिसहरु चकित परेका थिए । बढी तौलको अजिंगर चलेका कारण छत भाँसिएको थियो । दृश्य हेर्न मानिसहरु पुगे । अजिङ्गरह कम्तिमा ५ मीटर लामो थिए ।

अजिंगरको सहवासको मौसम मौसम भएको कारणले उक्त घटना भएको थियो । उनीहरुलाई तल झर्न छत फुटाएका थिए । अजिङ्गरहरूले सम्भोगको मौसममा भवनहरूको संरचनात्मक क्षति पुर्याउँछन् । प्राय जसो दुई भाले अजिङ्गरले पोथीको ध्यान खिच्न लड्छन् । Photo Source: Thatslife



प्रतिक्रिया दिनुहोस्