Logo

बाबुआमाले छोराछोरीलाई सम्पत्ति हस्तान्तरणमा कर तिनुपरे के होला ?



काठमाडौं, भदौ २२ । उद्दोगी बिनोद चौधरीले गम्भीर प्रश्न उठाए । परिवारका सदस्यलाई सम्पत्ति हस्तान्तरण गर्दा समेत कर तिनुपर्ने भएमा के होला ? प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रश्न गर्ने उनले उत्तर पनि आफै दिए । यसले गम्भीर सामाजिक चुनौती देखिनेछ ।
छोराछोरीले पैत्तृक सम्पत्ति प्राप्त गर्दा पनि करको व्यवस्था छँदैछ । अब सम्पत्ति हस्तान्तरणमा पनि जग्गाको मूल्यांकन हेरेर कर लिने नीति ल्याउन लागिएको छ । यसअघि पनि सम्पत्ति हस्तान्तरणमा कर शुरु गरिसकिएको छ । यसले समाजमा चुनौतीहरु बढ्न सक्ने तर्क चौधरीले गरे ।

देशमा निर्यात घट्दो रहेकोमा चिन्ता व्यक्त गरे । फल देखि फूलसम्म, कृषिजन्य वस्तुहरु छ खर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै यसले गम्भीर परिणाम उत्पन्न हुने बताए । चौधरीले लगानीको वातावरण बिगारेको देखि करको मारमा जनतालाई पारिएको विषय उठाउँदा अर्थमन्त्री डा. युवराज खतिवडा हाँसिमात्र रहे ।



प्रतिक्रिया दिनुहोस्