Logo

डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण, नर्भिक अस्पताल भर्ना



काठमाडौं, भदौ २३ । वरिष्ठ आँखा विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइत डेंगुको संक्रमणले अस्पताल भर्ना भएका छन् । उनी डेंगुको संक्रमणपछि हिजो अस्पताल भर्ना भएका हुन् ।

डेंगुको संक्रमणले कृषिमन्त्री चक्रपाणी खनाल अस्पताल भर्ना भएको दुई दिनपछि रुइत पनि संक्रमणमा परेका छन् । पछिल्लो समय डाक्टरहरु नै संक्रमणमा परेका छन् । टेकुस्थित सरुवा रोग उपचार केन्द्रका डाक्टरहरु पनि संक्रमित भएको खबर आएको थियो ।

देशभर डेंगुका कारण चार हजारभन्दा बढी विरामी भेटिइसकेका छन् । व्यापक रुपमा फैलिएको डेंगुका कारण देशभर त्रास उत्पन्न भएको छ । पर्यटन क्षेत्रमा पनि यसले असर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्