Logo

ब्राजिली विश्वकप विजेता कप्तान काफुका छोराको फुटबल खेल्दाखेल्दै निधन



ब्राजिलियन फुटबल खेलाडी काफुका ३० वर्षे छोराको हृदयघातका कारण निधन भएको छ ।आफ्ना साथीहरुसँग फुटबल खेल्दै गरेको अवस्थामा एकाएक छातीमा दुःखाई अनुभब गरेपछि उनी मैदानमै लडेका थिए ।

सुरुमा उनलाई मैदानमा दोडधुपका कारण केहि समस्या देखिएको अनुमान गरिएपनि तुरुन्तै नजिकका अस्पताल लगिएको थियो । डाक्टरले तत्काल उपचार सुरु त गरे त उनलाई बचाउन भने सकेनन् ।

तीन सन्तान मध्ये डानिलो काफुका जेठो छोरा हुन् । एसी मिलान र रोमाबाट काफुले ४ सय भन्दा बढी खेल खेलेका छन् । रोमासंँगै साउ पाउलो र एसी मिलानले पनि सामाजिक सञ्चालमार्फत शोक विज्ञप्ती जारी गर्दै काफु र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।-एजेन्सी 



प्रतिक्रिया दिनुहोस्