Logo

नाडाललाई युएस ओपनको उपाधि



खेलमा फर्किइसकेका डानिल मेभभेडेभलाई पराजित गर्दै स्पेनका राफेल नाडालले युएस ओपन टेनिसको उपाधि जितेका छन् । ३३ वर्षीय नाडालको यो १९ औं ग्रान्ड स्लाम उपाधि हो ।

शुरुको दुई सेट जितेका नाडाल जितको नजिक पुगिसकेको अवस्थामा खेलमा फर्कदै मेभभेडेभले चमत्कारिक प्रदर्शन गरेका थिए । खेल पाँचौं सेटमा पुग्दा चार घन्टा ५१ मिनेटमा निर्णय भयो । नाडालले अन्तत ७-५, ६-३, ५-७, ४-६ र ६-४ मा जित हासिल गरे । मेभभेडेभले खेलमा आफू उदयीमान खेलाडी भएको प्रमाणित गरे । तर, अन्तिम समयमा अनुभवी नाडालको अगाडि रुसी खेलाडीको केही लागेन ।

यसपटक युएस ओपन विश्व नम्बर एक जोकोभिच र फेडररविना नै भएको थियो । नाडाल मात्र उच्च वरियताका दाबेदार थिए जो फाइनलसम्म पुगे र जिते ।



प्रतिक्रिया दिनुहोस्