Logo

वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका परिवारलाई दुई लाख



काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले दुई लाख २५ हजार सात सय ५२ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाएका थिए ।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेको भनाई रहेको छ । श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ हाल काठमाडौँमा बस्दै आएकि थिइन ।



प्रतिक्रिया दिनुहोस्