Logo

कुटीकुटी गाई मार्ने पक्राउ



नुवाकोट, भदौ २३ । गाई मारेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको किस्पाङ गाउँपालिका-३ बस्ने ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आईत तामाङलाई गाई मारेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको हो ।

नुवाकोट जिल्लाका विभिन्न भागहरुबाट बटुलेर ल्याएका गाईगोरुलाई कुटपिट गर्दा गाई मरेको थियो । घटनामा एउटा गाई सक्त घाइते छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्