Logo

एनसेल कर प्रकरणमा अदालत र संसदबीच टकराव, कर तिराउन बालुवाटारमा बन्यो यस्तो रणनीति



काठमाडौं, २३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङले एनसेलको करको विवादबारे सर्वोच्च अदालतको पूर्ण ईजलासले यही भदौ ९ गते गरेको निर्णय नै बेठिक भएको टिप्पणी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै गुरुङले यस्तो बताएका हुन् । उनले भने,‘एनसेलले पुँजीगत लाभकर लामो समयदेखि बुझाउनुपर्ने आवश्यकत्ता छ । एनसेलले कानुनअनुसार पुँजीगत लाभकर बुझाईरहेको छैन् । बीचमा त्यसको शुल्कहरु बढ्दै गैरहेको अवस्था हो ।’



प्रतिक्रिया दिनुहोस्