Logo

स्रोत नखुलेको भारतीय रुपैयाँ दुई लाख सहित पक्राउ



सिराहा, भदौ २३ । स्रोत नखुलेको भारतीय रुपैयाँ दुई लाख सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ बस्ने ओम प्रकाश साह रहेका छन् । खुवानान्कारकट्टी गाउँपालिका ५ बाट दुई लाअ भारतीय रुपैँया सहित २१ भदौको विहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेशवारीको प्रहरीले ठाडीबाट लहानतर्फ आउँदै गरेको बिआर ३२ क्यू ४०३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी साहलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्